ने.ता.घे.कास्कीको आयोजनामा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न
506 Views
कास्की, ३ असार । कास्की जिल्ला गण्डकी प्रदेश पोखरामा ३ दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ ।
नेपाल तामाङ्ग घेदुङ्ग कास्की जिल्ला समन्वय समितिको आयोजनामा पोखरा माहानगरपालिका वडा नं ९ को सहयोगमा ३ दिने फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम सम्पन्न गरिएको हो ।
पोखरा महानगरपालिका नयाँबजार स्थित तमु धि को भवनमा तामाङ्ग घेदुङ्ग जिल्ला अध्यक्क्ष्य भक्त तामाङ्ग को नेतृत्वमा युवायुवतीहरुको लागि नेतृत्व विकास गराउँनका निमित्त उक्त तालिम आयोजना गरेको हो ।
उक्त कार्यक्रमको सभाध्यक्क्ष भक्त तामाङ्ग, प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ९ का प्रमुख दिपेन्द्र मर्सानी, विशेष अतिथि दिपक वाईवा, रहेका थिए ! भने प्रशिक्षकमा नेपाल आदिवासी जनजाति फ़ोनिज संघका सल्लाहकार हुम बहादुर गुरुङ, गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्क्ष दुर्गा प्रसाद पौडेल, फोटोग्राफर संघ कास्कीका उपअध्यक्क्ष भक्त दुम्जन तामाङ्ग रहेका थिए ।
तिन दिने तालिममा ६५ जना प्रशिक्षार्थिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन भने मिन माया तामाङ्गले गरेकी थिईन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र मर्सानिका अनुसार आउँदो दिनहरुमा तामाङ्ग घेदुङ्गले आयोजना गरिएको सिपमुलक तालिमहरुको लागि वडा नं ९ ले कार्यक्रमको लागि सकेको सहायोग गर्ने प्रतिबद्दता जाहेर गरेका छन् ।





प्रतिक्रिया दिनुहोस