जितु लोप्चानको डम्फुरे दाई म्युजिक भिडियो भोलि आफ्नै जितु लोप्चान अफिसियल च्यानल मार्फत सार्वजनिक हुने
498 Views
काठमाडौं । तामाङ गीतसंगीतको बजारमा आफ्नो छुुट्टै पहिचान बनाउन सफल चर्चित गायीका जितु लोप्चानको सेलो गीत डम्फुरे दाई शुक्रबार सार्वजनिक हुने भएको छ । छायांकन सम्पन्न भएर सम्पादन तथा पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको गायीका जीतु लोप्चानले बताइन् ।
पछिल्ला समय गीतसंगीतको बजारमा दिनहुं जस्तै फरक फरक गीतका भिडियोहरु सार्वजनिक भैरहेको छ । यसै क्रममा गायीका जितु लोप्चानले सेलो गीत डम्फुरे दाईको भिडियो सार्वजनिक गर्ने भएको छ । तामाङ समुदायमा आफ्नो संस्कार संस्कृति र इतिहासको बोकेको बाध्यवादन हो डम्फु । तामाङ समुदायमा डम्फु बजाएको डम्फुको गीत गाउनेलाई डम्फुरे अर्थात डम्फुरे दाई भन्ने गरिन्छ । यसै संग सम्बन्धित गीत डम्फुरे दाई भोलि जितु लोप्चानको आफ्नै युुट्युव च्यानल जितु लोप्चान अफिसियल मार्फत सार्वजनिक गर्ने भएको छ ।
गायक तथा संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको डम्फुरे दाई बोलको गीतमा आवाज जितु लोप्चानको रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुुन् । हेरुका लामाले निर्देशन गरेको उक्त गीतको भिडियोमा निर्देशकद्धय हेरुका लामा र नायीका सुश्मा मोक्तानको अभिनय रहेको छ । बुधबार गायीका जितु लोप्चानले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको पोष्टरमा देखिए अनुसार हाँस्य कलाकार कुईसाङ् रुम्बा र अनिता नेगिलाई समेत भिडियोमा देख्न सकिनेछ ।
भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस