गुराँस लाइफ इन्स्योरेन्समा अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान
445 Views
पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखरा द्वारा बृहत अभिकर्ता उत्पेरणा तालिम तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीले तेस्रो त्रैमास माघ, फागुन, चैत्र महिनामा लगातार उत्कृष्ट ब्यबसाय गरेका अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै चैत महिनामा उत्कृष्ट ब्यबसाय गरि नेपाल प्रथम एवं सन् २०२४ को लागि पहिलो MDRT बन्न सफल भएकी एजेन्सी लिडर कमला बस्नेत, द्वितीय बन्न सफल नरेश कुमार मगर, साथै उत्कृष्ट टप टेनमा पर्न सफल कमला के.सी तथा बाबुराम लामिछानेलाई पनि सम्मान गरिएको थियो।
सो कार्यक्रममा कम्पनिका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले सहजीकरण गर्नुभएको थियो भने क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले प्रशिक्षण दिनुभएको थियो।
१५० जना भन्दा बढी उपस्थित उक्त कार्यक्रममा कम्पनी स्थापना भएबाट हाल सम्म निरन्तर रुपमा कार्य गर्नुहुने सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी लिडर प्रेमप्रसाद बराल, एजेन्सी लिडर ईश्वरी शर्मा लगायतलाई सम्मान गरिएको थियो।
निकट भविष्यमा गुराँस लाइफ, प्राइम लाइफ तथा युनियन लाइफ मिलेर नयाँ हिमालय जीबन बीमा कम्पनी बन्ने तयारीमा रहेको छ।





प्रतिक्रिया दिनुहोस