अर्मलाकाेटमा दुईदिने उदघाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न
429 Views
कास्की, १० वैशाख । अर्मलाकाेट आमासमुहद्वारा आयाेजित दुई दिने उद्घाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ को सहयोगमा अर्मलाकोट आमा समुह र अर्मलाकोट पर्यटन प्रवर्दन सामुदायिक होमस्टेको सम्युक्त आयोजनामा अर्मलाकोटमा २ दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम शनिबार सम्पन्न भयो ।

तालिममा कार्यक्रमका प्रमुख अथिति पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ग्रामिण भेगका महिलालाई बाेल्ने कलाको साथसाथै आय आर्जनमा सहयोग पुग्ने तालिम आफ्नो प्राथमिकतामा रहेको वताउँदै तालिममा सिकेको ज्ञान अरुलाई पनि बाढ्नु पर्ने वताए । साथै उनले अर्मलाकोट पर्यटकको रोजाईमा पर्दै गएपनि बजेट अभावको कारण सोचेजति कार्य गर्न नसकेको बताए ।

अर्मलाकोट आमा समुहकी अध्यक्ष झलश्री गुरुङले आमा समुहका सदस्य तथा महिला दिदीबहिनीहरु घरायसी काम छाडेर भएपनि तालिममा सक्रिय सहभागी भई कार्यक्रम सफल पार्नुभएकोमा धन्यवाद दिदै आमा समुहका सदस्यहरुको माग वमोजिम आफुले कार्य गर्ने बताएकी थिइन ।

तालिमका मुख्य प्रशिक्षक कास्की खबर डटकमका समाचार प्रमुख सागर कार्कीले दुई दिनको तालिमले आधारभुत कुराहरुको मात्रै ज्ञान हुने भएकोले बाेल्ने कलाको विकासको लागि नियमित अभ्यास गर्नुपर्ने बताए ।
अर्का प्रशिक्षक दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक पत्रकार कृष्ण रानाभाटले समाचार तथा बैठकको माइन्युट कसरी लेख्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।







त्यसै गरी तालिममा खोज मिडियाका पत्रकार रजनी तामाङले महिला शसक्तिकरण सम्बन्धि तालिम दिदैं नेतृत्व विकासले परिवार र समाजमा पार्ने सकरात्मक सुधारको बारेमा चर्चा गरेकी थिइन ।

सहभागीको तर्फबाट स्थानिय सीता आधारभुत विद्यालयकी शिक्षक तथा आमा समुहकी सचिव खुशी गुरुङले उद्घोषण कला तथा नेतृत्व विकास तालिमले आफुलाई धेरै परिवर्तन ल्याएको बताउँदै गाउँ मै प्रशिक्षक आएर प्रशिक्षण प्राप्त गर्ने अवसर पहिलो पटक पाएको अनुभव बताईन ।









तालिममा आमा समुह, युवा क्लब, टोलविकास संस्था, होमस्टे, विद्यालयका विद्यार्थी तथा शिक्षक गरी ४० जनाको सहभागिता रहेको थियो । उनिहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले प्रमाणपत्र वितरण गरेका थिए ।
आमा समुहकी अध्यक्ष झलश्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुणिर्मा गुरुङले र आमा समुहकी सहसचिव तथा होमस्टेकी अध्यक्ष बविता गुरुङले कार्यक्रम संचालन गरेकी थिइन ।
पाेखराबाट १२ किलाेमिटरकाे दुरिमा रहेकाे अर्मलाकाेट पर्यटन प्रवर्द्धन व्यवस्थापन सभाहलमा पाेखरा महानगरपालिकाकाे सहयाेगमा वैशाख ८ र ९ गते गरि दुईदिने उद्घाेषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको हाे ।
अर्मलाकाेटमा याे तालिम पहिलाे कार्यक्रम रहेकाे बताएका छन् । तालिममा सहभागिताहरु अनुसार तालिम पहिलाेचाेटि भएको र निकै फलदायी रहेकाे भनी खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमकाे अपेक्षा राखेको बताए ।
अर्मलाकाेट गाउँ पाेखरादेखि १२ किलोमिटर मात्रैकाे दुरिमा रहेता पनि याे ठाउँ निकै उचाइमा रहेको छ । यस ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटककाे आवातजावत भईरहेकाेछ । पर्यटन प्रवर्द्धनकाे लागि उक्त गाउँमा पैदल यात्रा गरि हाईकिङ जाने गर्दछ ।
अर्मलाकाेटमा हाेमस्टेकाे पनि राम्रो व्यवस्था रहेकाे छ । अर्मलाकाेट गाउँ हिमालकाे काखैमा रहेकाे देखिन्छ । कत्तिलेत अर्मलाकाेटकाे तस्बिरलाई घान्द्रुक गाउँ भनेर पनि आकलन गरेको छ । तर अर्मलाकाेट गाउँ घान्द्रुक गाउँ भन्दा कमि भने छैन । किनकि माैसम खुलेकाे समयमा उक्त गाउँमा हिमालकाे दृस्य सजिलै र नजिकै नियाल्न सकिन्छ ।
हिमालकाे दृश्य नजिकै नियाल्न सकिने अर्मलाकाेट गाउँमा हाेमस्टेकाे पनि राम्रो व्यवस्था रहेकाे छ । अबकाे आउदाे दिनमा उक्त गाउँमा पर्यटक भित्र्याउनका लागि आमासमुह लगायत वडा , महानगर देखि सबैे एकजुट उक्त ठाउँलाई पर्यटन प्रवर्द्धनकाे लागि सबैजना एकजुट भई हात्तेमालाे गर्दै अगाडि बढ्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस