अस्ट्रेलियामा मंगोलियन हार्टको सांगीतिक यात्रा
625 Views
काठमाडौं, २२ चैत। रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा। ‘१० वर्षपछि अस्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदै छ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ। हामी अस्ट्रेलियासँगको हाम्रो पुरानो सांगीतिक सम्बन्ध फेरि रिन्यु गर्न पाउँदा साह्रै उत्साही छौँ।’ ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन्।





प्रतिक्रिया दिनुहोस