सरकारलाई धुर्मुसको आग्रह”चितवनको रंगशालाबारे छिटो निर्णय गरिदिनुस्
324 Views
काठमाडौं, ७ चैत । चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिएका उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताएका छन् ।
एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भने, “सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।”
देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उनले भने ।धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले भने, ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’





प्रतिक्रिया दिनुहोस