358 Views
सागर कार्की / पोखरा । गण्डकी प्रदेशकै सबै भन्दा ठूलो साइन्स ल्याब मटेरियल्स सप्लायर्सको रूपमा पोखरा साइन्स एण्ड टेक्नोलोजीको सोमबार पोखरा अमरसिंहमा शुभारम्भ गरिएको छ। शिक्षा र शिक्षासँग जोडिएका सबै पाटाहरूलाई संस्कार र प्रविधि सहित गुणस्तरिय शिक्षालाई कसरी समाजमा पस्कन सकिन्छ भन्ने उद्धेश्यले कृषि, विज्ञान र मन्टेश्वरी प्राक्टिकल विधिलाई प्रभावकारी बनाउन आवश्यक सामाग्रीको भण्डार पोखरा साइन्स एण्ड टेक्नोलोजी सप्लायर्सको स्थापना गरिएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्यले गण्डकी प्रदेशलाई मोफसलको शैक्षिक राजधानी, शैक्षिक गन्तव्यको थलो र शैक्षिक हब बनाउँछौं भनेर हामी लागि रहेको बेला शैक्षिक क्षेत्रको गुणस्तर बृद्धिमा टेवा पुर्याउने खालका यस्ता सप्लायर्सको स्थापनाले हामीलाई पनि थप बल पुगेको बताए। उनले शैक्षिक व्यवसायिक प्रतिष्ठानहरूलाई एकैचोटी धेरै कमाउँछु भनेर सोच राख्नु भन्दा पनि विस्तारै कमाउँछु भन्ने सोच सहित गुणस्तरिय र टिकाउ सामाग्रीहरू सेवाभावले उपलब्ध गराउन आग्रह गरेका छन्। “हामी नेपाली हाम्रो नेपाल, अध्याँरोलाई दोष नदेउ एउटा बत्ति बाल” भनाई राख्दै, चल्छ ? कहाँ चल्छ ! त्यस्तो पनि हुन्छ ? हुँदैन, जस्ता अध्याँरोका कुरा अर्थात नकरात्मक सोच व्यक्त गर्नुभन्दा पनि, हुन्छ नि, किन हुन्न ? गरेपछि भैहाल्छ नि, भन्ने जस्ता सबैले सकरात्मक पक्षमा एउटा एउटा शव्द मात्र बोल्ने हो भनेपनि काम गर्नेलाई उर्जा मिल्ने र उर्जाले आत्मविश्वास उत्पन्न गराउने, त्यसपछि जो कोही पनि अवश्य सफल बन्ने धारणा राखे।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण प्रसाद सुवेदीले शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहकार्यमा साइन्स इक्विपमेन्टस् सप्लायर्सको स्थापना हुनु आफैंमा गर्वको कुरा रहेको बताउँदै अब गण्डकी प्रदेश यस्ता खालका सामाग्रीको लागि भैरहवा अथवा ईण्डियातिर धाउनुपर्ने वाध्यताको अन्त्य हुने जनाए। विज्ञ समुहले सञ्चालन गरेको यो खालको व्यवसायमा विद्यालय लगाएत अरूले ल्याब सामाग्री खरिदमा ढुक्क भएर विश्वास गर्न सकिने समेत बताए।
युवा व्यवसायी, भिजन लुम्बिनी तथा सेती हाईड्रो लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेलले व्यवसायलाई सामाजिक व्यवसायसँग जोडेर व्यवसाय गर्न सके अवश्य सफल भईने भन्दै व्यवसायमा सबैभन्दा महत्वपूर्ण कुरा ईमान्दारीता हुने उल्लेख गरे। अनेष्टी ईज द बेष्ट पोलिसि भएकोले अनेष्टी विना व्यवसायमा मात्र नभई कुनै पनि क्षेत्रमा सफल हुन नसकिने बताए। यो टिममा ईमान्दारिता भरपुर रहेकोले सफल नहुनेमा कुनै शंखा नरहेको विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल जेसीसका पूर्व अध्यक्ष रविन्द्र गुरूङ्गले पनि शुभकामना मन्तव्य राखेका थिए।
शुभारम्भ कार्यक्रम पोखरा साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष गोपाल बस्यालको अध्यक्षतामा भएको थियो भने स्वागत अर्जुन खनाल र सञ्चालन लालहरि पाण्डेयले गरेका थिए।





प्रतिक्रिया दिनुहोस