बाल सुरक्षा र स्कुल ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न
609 Views
पोखरा । नारी दिवसमा कार्यक्रम ११३ औं अन्तराष्ट्रिय नारी दिवसमा मन्टेश्वरी एशोसियमा कास्कीले वाल सुरक्षा र स्कूल व्यवस्थापन सम्बन्धित एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नारी दिवसको अवसरमा शुभकामना सहित यस दिन संस्थाको आयोजना र किड्स फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शाल्मी बास्तोला मर्सालीले गर्नु भएको थियो ।
संस्थापक अध्यक्ष अरुना शेरचनले उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने सल्लाकारहरु कुलप्रसाद सुवेदी र भवनी अधिकारी संगै कोषाध्यक्ष रिता पौडेल, सह-सचिव रितादेवी सुवेदी संगै सदस्यहरुमा विष्णुप्रमाद घिमिरे, खेमवदादुर क्षेत्री, नारायणी कुवर, मिना सापकोट बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा किड्स फाउण्डेशनका लेखक तथा वरिष्ठ प्रशिक्षक रेखा हमालले महत्वपूर्ण प्रशिक्षण गराउनु भएको थियो । सहभागी सम्पूर्णलाई प्रमाण-पत्र पनि प्रदान गरिएको थियो ।
४५ मन्टेश्वर विद्यालयकाहरुवाट संस्थापक, प्रिसिपल, फाउण्डर, व्यवस्थापक, शिक्षक, शिक्षिका गरी ८५ जनाको उपास्थिति रहेको थियो । संस्थाका सदस्य तथा कार्यक्रमको संयोजक संगीताले न्यौपानेले स्वागत मन्तब्य गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव जनार्दन सुवेदीले गर्नु भएको थियो ।
हामी हाम्रो संस्था संग आवद्ध सम्पूर्ण मन्टेश्वरीहरुलाई समय सापेक्षका कार्यक्रम र ब्यवस्थापनका कार्यक्रमहरु हरेक महिना २/३ वटा गरिरहेको र तत्काल चैत भित्र हामीले शैक्षिक भ्रमण संगै अत्यन्त महत्त्वपूर्ण ट्राफिक ब्यवस्थापनका लागी ट्राफिक जनचेतनाका कार्यक्रम मण्टेश्वरीका गुरुबाहरु केन्द्रित कार्यक्रम रहेको जानकारी सचिव जनार्दन सुवेदीले दिनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस