डा. रुईतकाे सपनामा सधैं आफ्नै जन्मथलाे
544 Views
काठमाडौं, २४ फागुन । विश्वकै प्रतिष्ठित इशा अवार्ड थापेर अघिल्लो आइतबार मात्रै बहराइनबाट काठमाडौं आएका नेत्र चिकित्सक डा.सन्दुक रुइत एकरात मात्रै राजधानीमा बसेर पूर्वी पहाडी जिल्ला तेह्थुम पुगेका छन् ।
“जसरी भए पनि आफ्नो जन्मथलो ओलाङचुङगोला पुग्नेछु भन्ने अठोट थियो, त्यहाँ पुगेर आस्थाको धरोहर डिकीछोलिङ दर्शन गर्न पाएकोमा धन्य सम्झेको छु!”गोलामा एक रात मात्रै बसेर मंगलबार तापेथोक झरिसकेका डा.रुइतले भने! “आफूले बिताएको बाल्यकाल र त्यो समयदेखिका आफन्तको स्मृतिमा म भावुक बनेको थिएँ ।”
६ महिनाअघिको तालिकामा टुङ्गो लागिसकेको तेह्रथुमको वसन्तपुर र ताप्लेजुङको तापेथोकमा आँखा शिविर राख्न डा.रुइत धपेडीमाझ पूर्व पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस