सुकुमाया उपचारत सङ्कलित रकम हस्तान्तरण
460 Views
काठमाडौं,१९ फागुन। सुकुमाया उपचाररत संकलित रकम ठमेल स्थित इन्द्रेणी रोधी क्लबमा एक कार्यक्रम गरी बिरामी तमाङलाई हस्तान्तरण गरिएकाे छ ।
उत्पीडित जाँगरण अभियान समाजका अध्यक्ष जी.एम्. लोप्चनको सभापतित्व र रोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष श्रीदास लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सँस्थाको तर्फबाट महासचिब मणिकलाल घिसिङले स्वागत मन्तब्य राखेका थिए ।
युवा व्यावसाय समाजसेवी अमिक सि.लामा लोप्चनले सन्चालन गरेका सो कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं रोशी समन्वय समितिका सचिब साधुराम गौतम, नेपाली कांग्रेस नमोबुद्ध वडा नं ९ का ईकाई समितिका सभापति कान्छाराम तामाङ, काठमाडौं रोशी संपर्क समिति सचिब अशोक लामा, केन्द्रिय क्योकुसिन करातेका अध्यक्ष निर्मल लामा सामाजिक अभियानता कारण मोक्तान, युवा व्यावसाय तारा सेन्चुरी ,बिशल सेन्चुरी, लगायत बिभिन्न संघ संस्थाकाका प्रतिनिधिहरु र अभियानता सहयोगी दाताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा समाजसेवी बिमला तामाङले अतिथीहरूलाई खादाअर्पन गरेर सम्मान गरेका थिए ।
मान्छेको जन्मसँगै बाँच्नको लागि संघर्षरत हुन्छन् । कसैका आयु परिस्थितीले यत्ती छोटो बनाईदिन खोज्छन्, हो त्यही बेला यस्तै अभियानहरु जन्मिन्छन् अर्थात भगवानरुपी मनहरु जुर्छन् । दु:खलाई आफ्नो साथी बनाईसकेका सुकुमाया तामाङलाई आर्थिक भार थेगिसक्नु थिएन । गुन्जमान लोप्चनको कानसम्म यो खबर पुग्दा अशोक लामा, कारण मोक्तान अन्य रकम संकलनको प्रयास पनि भैसकेको वा भैरहेको थियो । रोशी गाउँपालिका वडा १ का वडाध्यक्ष श्रीदास लामाले बिभिन्न सहयोगी मनहरु, संघ संस्थालाई आर्थिक संकलन गर्न सिफारिस पास गरेपश्चात वडाबाट बिरामी तमाङलाई १ लाख रुपैयाँ जुटिएको थियो ।
नेपाली रु. ७,०३,०००/- (अक्षरेपी सात लाख तीन हजार रुपैयाँ ) चेक मार्फत हस्तान्तरण गर्दै अभियन्ता जिएम लोप्चनले अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै भने, ‘हामीले बिभिन्न समयमा अत्ती आबश्यक पर्ने बिरामीहरुका सहयोगार्थ अभियानहरु सन्चालन गर्दै गर्दा सबैबाट बिरामीलाई बचाउन पुण्य काम भएको छ । सहयोग रकम पर्याप्त नहोला सम्पूर्ण उपचारको निमित्त तर जे जत्ती आफ्नो हृदयले बिरामीलाई बचाउनुपर्छ भनेर जुट्नु भो उहाँहरु वास्तबिक धन्यवादका पात्र हुनुहुन्छ । यस अभियानमा संस्थाकै साथीहरु, नेपालमा रहेका तारा बहादुर सेन्चुरी, बिशाल सेन्चुरी, करण मोक्तान, अशोक लामा भाई बिमला ब्लोन तथा दिदीबहिनीहरुको उल्लेख्य सहयोग, नेपालमा ब्यबासाय गरीरहेका ब्यबासायी साथीहरू, संघ संस्था तथा ब्यक्तिहरु र दुबई ,साउदी ,कतर ,जापान्,विभिन्न देश स्थानमा रहेर यो अभियानमा आर्थिक सहयोग गर्ने सहयोगी मनहरु र सहयोगी सम्पूर्णलाई हृदयदेखी धन्यबाद दिन चाहन्छु ।” आर्थिक रुपमा सहयोग गर्नुहुनेको योगदानको प्रशंसा गर्दै अध्यक्ष लोप्चनले थप्दै भने, ‘यो हाम्रो पहिलो अभियान होइन । हामीले यस खाले अभियानहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनेछौँ ।’
कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष श्रीदास लामाले बिरामीको स्वास्थ्यलाभको कामना गर्दै, वडाबाट एक लाख बिरामीलाई सहयोग गरेको सम्झिँदै, संस्थाले गरेको बिगतदेखी हालसम्मको अभियानबारे प्रसंशाका शब्दहरु उने । उनले प्रतिबद्धता दिँदै भने, ‘कुनै दिन बिशेष कार्यक्रम गर्दै संस्था र संस्थाका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम गर्नेछु र यस संस्थाले सन्चालन गर्ने सम्पूर्ण गतिबिधिहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदछु ।’
नेपाली कांग्रेस काठमाडौं रोशी समन्वय समितीका सचिब साधुराम गौतमले अभियानमा जोडीनुभएका सम्पूर्ण भगवानरुपी सहयोगीलाई धन्यवाद दिँदै गर्दै भने, ‘संसारमा मृत्युलाई जित्न जो कोहीले सक्दैनन् । तर बचाउन चाहनेहरुको सहयोग र बिरामीको जिउने इच्छा शक्तिले धेरै ठुलो भुमीका खेल्दछ ।’ उनले आफ्नै छोरी क्यान्सर भएर मृत्युवरन गरेको कुरा सम्झिँदै भने, ‘मैले मेरो छोरीलाई बचाउन लाखौं खर्च गरेँ तैपनि बच्चाउन सकिनँ । तर तपाईं बाँच्नुहुन्छ । तपाईंको अपचारको क्रममा आएको सुधारले यी सबै संकेत दिन्छ ।’
केन्द्रिय क्योकुसीन करातेका अध्यक्ष निर्मल लामाले आफूलाई यो अभियान सन्चालन भैरहेको कुरा जानकारी थिएन आफ्नै कार्य ब्यस्तताले गर्दा । ठमेल आउँदा जानकारी पाएको बताउँदै उनले भने, ‘अझै पनि सहयोग गर्न चाहने सहयोगीहरुलाई सहयोगको लागि अनुरोध गर्न चाहन्छु ।’
नेपाली कांग्रेस रोशी समन्वय समितिका सचिब अशोक लामाले बिरामीलाई हेर्न जाँदा अत्यन्तै नाजुक अवस्था हेर्न नसकेर आफन्त, साथीभाईलाई गुहार्दै अभियानमा सामेल भएको बिगत सम्झे । उनले थप्दै भने, ‘बिभिन्न समयमा सहयोग गर्दै आएका करण लामा, सँगै काम गरेका साथीहरु र बहिनिहरुबाट थोरै रकम संकलन गरेका थियौँ ।’ उनले वडाध्यक्षको सिफारिस प्राप्त भएपछीको अभियानमा आएको सहजता मिलेको बताए । संगै काम गर्न सहकर्मीहरु, प्रबासमा सहयोग अभियान सन्चालन गर्न गुन्जमान दाजुसँग सहकार्य गर्दा यो रकम संकलन सफल भएको बताए । उनले बिरामीको अवस्था बारे जानकारी दिदै भने, ‘किमो गर्नुपर्ने हुँदा बिरामीको अहिले पनि ५० हजारभन्दा बढी पैसा लाग्ने भएकोले सहयोग गर्न बाँकी वा सहयोग गर्न चाहनेहरुले अझै सहयोग गर्नुहोला ।’
बिरामी तामाङका सहयोगी गर्नुभएको गुण सम्झेर आँशु पुछ्दै सबैलाई धन्यवाद दिए । कार्यक्रममा आर्थिक रुपमा सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्रद्वारा सम्मान गरीएको थियो । जसमा संगीता लामा, बेत्ता घिसिङ, एम् डी बल, कान्छामान तमाङ, करण मोक्तान, बिशाल सेन्चुरी, तारा स्याङतान, बिमला लामा ब्लोन, तारा बहादुर सेन्चुरी, निर्मल स्याङ्तान, श्रीदास लामालाई सम्मान स्वरुप कदर पत्रद्वारा सम्मान गरीएको थियो ।
तेसैगरी सहयोग गर्ने बिभिन्न कार्यक्रम हुँदै गर्दा सहभागीहरुले ब्यक्तिगत र संकलित रकमहरु प्रत्यक्ष रुपमा हस्तान्तरण गरे । तारा सेन्चुरी पाँच हजार, तेज बहादुर वाइबा १० हजार, अमीक लामा लोप्चन पाँच हजार, रेशम लामा २ हजार, शंकर ध्वज लामा ६ हजार, सुनिल लामा ३ हजार, राम हरी लामा ५ हजार । तेसैगरी सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्दै यस संस्थाप्रति पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाको नियम कानुनलाई पालना गरी ड्रिम प्रोजेक्टको ऋण फ्यासिलिटी तोकेको समयमा ऋण किस्ता ब्याँजसहित इमान्दारीपूर्वक समयमा बुझाएकोमा संस्थाका सदस्यहरु लरीमाया लामा तामाङ, शर्मिला लोप्चन, नानू गोम्जालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस