नेपाल कराँते महासंघ नुवाकोटकाे सचिवमा अष्टविर लामा र सह-सचिवमा करण तामाङ
600 Views
नुवाकोट, १९ फागुन । नेपाल कराँते महासंघ नुवाकोटकाे सचिवमा अष्टविर लामा र सह-सचिवमा करण तामाङ निर्वाचित भएका छन् ।
नेपाल कराँते महासंघ जिल्ला कार्यसमिति नुवाकोटको कार्यसमिति गठन भए सँगै लामा र तामाङ निर्वाचित भएको हाे । बिहिवार १२ अाैँ राष्ट्रपति रनिङ शिल्ड कराँते नुवाकोट जिल्ला छनाैट प्रतियोगिता सम्पन्न गरेसँगै साेही समारोहबीच सितोरियो , वादाेरियाे , साेताेकान , वादाेकाई लगायतका कराँतेका प्रशिक्षक खेलाडीहरु समावेश गराई कार्यसमिति गठन गरिएको हाे ।
अध्यक्षमा राजु थापा , बरिस्ठ उपाध्यक्षमा विष्णु घिमिरे , उपाध्यक्षमा शंकर प्याकुरेल र शिव कुमार लामा , सचिवमा अष्टविर लामा , सह सचिवमा करण तामाङ , काेषाध्यक्षमा प्रास्न पण्डित , सदस्यहरुमा सन्ताेष देउजा , शेखर थपलिया , विपना तामाङ , वसन्त रिजाल लगायत चयन भएका छन् ।
प्रमुख सल्लाहकारमा भने नुवाकोट जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राई चयन गरिएको छ । नुवाकोट जिल्ला भित्र कराँतेकाे सुधार र विकास गर्न महासंघको महत्त्व रहेको कुरा निर्वाचित लामाले धन्यवाद दिदै बताएका छन् । सचिवमा निर्वाचित लामा कराँते प्रशिक्षक तथा राष्ट्रिय निर्णायक रहेका छन्।





प्रतिक्रिया दिनुहोस