‘नाटक गरेको हुन सक्छ’ बीस पिएकाे हाेईन अस्पतालकाे रिपोर्ट
670 Views
शर्मिला वाइबाले विष सेवन गरेको देखिएन, अस्पताल भन्छ– ‘नाटक गरेको हुन सक्छ’
१८ फाल्गुन २०७९, बिहीबार
5.5k
Shares
facebook sharing buttontwitter sharing buttonpint
काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल । तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन ।
अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।
बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ । तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।
अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो । तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पताल स्रोत यो पनि भन्छ कि कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ । तैपनि अहिलेसम्म शर्मिलाले विष सेवन गरेको हो भनेर अस्पतालले पुष्टि भने गरेको छैन ।
अहिले शर्मिलाको श्वासप्रश्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै ठीक छ । ब्लड रिपोर्ट पनि पोजेटिभ छ । यद्यपि, अस्पताल अहिलेसम्म यो निष्कर्षमा छ– शर्मिलाले मुखमा विष हालेर थुकेको वा नखाइकन खाएको नाटक गरेको पनि गरेकी हुन सक्छ।
अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी शर्मिलालाई गायक गायक राजेशपायल राईले पत्रकार ऋषि धमालसँग नाम जोडेर प्रश्न गरेपछि उनी चिढिँदै आएकी थिइन् । त्यलगत्तै शर्मिलाले विष सेवन गरेपछि त्यहिँ कारण त होइन शर्मिलाले विष सेवन गरेको भनेर बजारमा प्रश्न चलेको छ ।





प्रतिक्रिया दिनुहोस