नेपाली भाषाकाे मगर चलचित्र “उखान” काे टेलर सार्वजनिक
523 Views
कास्की, १६ फागुन । मगर समुदायकाे पहिचान झल्काउने अहिले सम्मकै फरक मगर कथानक चलचित्र ‘उखान’ को टेलर सार्वजनिक भएको छ ।
हिजो सोमबार साँझ ५ बजे पिकेडी कृयसन मिडिया प्रा.लि.नामक युट्युव च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।
मगर संस्कृती झल्किने चलचित्रमा सामाजिक कथा, बिकृति तथा सन्देशलाई देखाइएको छ । भने चलचित्र विशेष गरी गरिब, असाहाय र पिडीतहरु को साहरा को लागी निर्माण गरिएको चलचित्रमा देखाईएकाे छ ।उक्त चलचित्र चैत १८ गते काठमाडौंमा र चैत २५ गते पाेखरामा प्रदर्शन हुने जनाएको छ ।
प्रकाश कुमार दर्लामीद्धारा निर्देशित फिल्ममा कबिता आले, खबपु, रिमा काउचा मगर, प्रकाश कुमार दर्लामी, मेक आले मगर, बलबिक्रम थापा, काजिमान पुलामी, हेमा पुन, उषा अर्मजा, दीपक योगी र धनमाया सोती मगर लगायत अन्य धेरै कलाकारहरुको अभियन रहेको छ ।
https://youtu.be/MOp-U5t3kAg





प्रतिक्रिया दिनुहोस