अहिले सम्मकै फरक कथामा निर्माण गरिएको मगर चलचित्र “उखान” यहीँ चैत्र १८ गते
936 Views
कास्की, १२ फागुन । मगर कथानक “उखान” नामक चलचित्र यहि चैत १८ गते काठमाडौंमा प्रदशर्न हुने भएको छ, भने त्यसकाे लगत्तै पाेखरामा २५ गते शनिबार राम बजार बिरेन्द्र चाेकमा च्यारेटि साे प्रदर्शन हुने भएको छ ।
काठमाडौंमा चैत १८ गते मगर चलचित्र “उखान”प्रदर्शन हुने मगर चलचित्र “उखान” मा सामाजिक घटना, बिकृती फैलिदै गएको लगायत मगरहरु को भाषा,कला र साँस्कृतिक लोप हुदै गईरहेको कुरालाई बिशेष ध्यानाकर्षण गराउँदै अबकाे नयाँ पुस्ताले यी कुराहरुलाई हराउन नदिनकाे लागि चलचित्र मार्फत दर्शक श्राेताहरुलाई प्रस्ट पारिएको छ ।
मगर चलचित्र यसपालि भने धेरै समय पछि च्यारेटि साे मार्फत सार्वजनिक गरिने भएको छ । उक्त चलचित्रमा टिकटकमा सर्वाधिक नाम चलेका कलाकारहरुकाे पनि भुमिका रहेकाे छ ।
मगर भाषामा आधारित “उखान” चलचित्रकाे कलाकारहरु कबिता आले, खड्ग बहादुर पुन “खबपु” प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, हेमा पुन, मेक बहादुर आले, साबित्री राना, बलबिक्रम थापा, नन्दकुमारी एस्माली, शंकर सुनुवार, उषा अर्मजा मगर, दिपक योगी, सुर्य बहादुर थापा लगायका थुप्रै चर्चित कलाकारहरुकाे भुमिका रहेकाे छ। ।





प्रतिक्रिया दिनुहोस