पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा करिव ६० जना खेलाडीको सहभागिता हुने कास्की फेन्सिङका अध्यक्ष विजय शाहीले जानकारी दिएका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र विभागिय टोली शसस्त्र प्रहरीको एपिएफको सहभागिता हुने भएको छ ।
पोखरा रंगशालाको वहुउद्धेश्यिय कभर्डहलमा हुने प्रतिगोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीलाई जनही नगद रु १५ हजार, १० हजार र ५–५ हजार प्राप्त गर्ने आयोजक पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिए ।
महानगरले आयोजना गर्न लागेको मार्शल आर्ट फेस्टिभल अन्तर्गत उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै सदस्य सचिव खड्काले प्रतियोगिताले नवौं राष्ट्रिय खेलकुद पछि खेलकुदलाई गति दिन समेत प्रभावकारी हुने बताए । “यो इपि फेन्सिङ विद्या परम्परागत मार्शल आर्ट विद्यामा पर्छ भने ओलम्पिक खेल समेत हो” उनले भने–“यस प्रतियोगिताले खेलाडीमा उत्साह ल्याउने छ ।”





प्रतिक्रिया दिनुहोस