चर्चित गायक “शेरप रुम्बा” नेपाल देखि बिदेशकाे मन्च तताए यसरी
754 Views
काठमाडौं, १८ माघ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा जन्मिएका चर्चित तामाङ माैलिक फापारे गायक शेरप रुम्बा नेपाल देखि बिदेश सम्म दर्शकलाई मनाेरन्जन गराउन बिदेशी मुलुककाे मन्च सम्म पुगेका छन् ।
नेपालकाे नुवाकोट जन्म थलाे भएका मौलिक फपारे टिपिकल सेलो गायक शेरप रुम्बा बिगत लामाे समयदेखि सांगीतिक क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल युवा यतिबेला बिदेशी मन्च सम्म पुगेका छन् ।
शेरप रुम्बाको संगीतिक यात्रा वि.स.२०६५ साल देखि सुरुवात भएको हाे । रुम्बाकाे पहिलो गित स्वर्गीय गायिका योगिता मोक्तानसङ सुरु गरेको यात्रा आहिले सम्म पनि निरन्तरता रहेकाे छ । गायक रुम्बाले अहिले सम्म दर्जन भन्दा बढि गित संगीतमा चर्चा पाईसकेको छ ।

उनकाे श्वरमा सजिएका गितहरु बत्ति त बाल्ने तेलमा, कनाम डुङरी सिरमा फुल , नाका मामा कोदेकोदे फुम गोर्ङ ,सुनाको जन्तार हिराको हार निङाले ,नाम्सा थास्युको आमा म्हिला ह्युल ,बोन्बोममा सोइ सोइ ल्हा खाजी ,सोइनम ख्लाङ्ब ,लगायतका थुप्रै गितहरु चर्चाको सिखरमा पुगेकाे छ । प्रायजसाे उनका गितहरुमा सब्द संगीत लालबहादुर योन्जनकाे गित बनेकाे छ ।

मन्जुश्री संवद २८५९ ओैँ साेनाम ल्होछारकाे अवसरमा ईन्डियामा “श्री बज्रयाँन चँरिटेबल ट्रस्ट” द्वारा भव्य कार्यक्रम आयाेजना गरिएको छ । उक्त कार्यक्रममा तामाङ फापारे गायक शेरप रुम्बा र उनकाे साथी सेलाे गायक तेन्जिङ लाे तामाङ पनि पुगेका छन् । उक्त कार्यक्रममा निकै रमाइलो गरेकाे गायक रुम्बाले खाेज मिडियालाई जानकारी गराए ।














प्रतिक्रिया दिनुहोस