पाेखरामा “साेनाम ल्हाेछार” पर्व माघ महिनाभरि मनाईदै
586 Views
कास्की, १४ माघ । गण्डकी प्रदेश कास्की जिल्लाकाे नालामुखमा अवस्थित मन्जुश्री तामाङ बौद्ध समाजले सव्य र भव्य रुपमा साेनाम ल्होछार पर्व मनाएको छ ।
मन्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछार हे ल्हो(बिरालाे बर्ग)को अवसर पारेर आयोजना गरीएको कार्यक्रममा समाजका सद्स्यहरु बिच शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको हाे ।



मान्जुश्री भन्नाले डाेल्माे तारा देवि अर्थात मन्जुश्री भगवान मानिन्छ भने (साेनाम) काे अर्थ माैसम अनुसारको कृषि जन्य उत्पादन मानिन्छ भने ल्हाेछार भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । याे पर्व वसन्त पन्चमीमा पर्ने हुनाले यस पर्वलाई वसन्त पञ्चमीकाे रुपमा पनि मान्ने गरेकाे पाईन्छ ।
तामाङ् समुदायले मान्दै आएकाे साेनाम ल्हाेछार पर्व तामाङकाे मात्र नभई राष्ट्रिय पर्व रहेकाे कास्की जिल्ला समन्वय अध्यक्ष भक्त तामाङले बताएका छन् । माघ महिनामा पर्ने यस साेनाम ल्हाेछार पर्वमा ठुलाकाे हातबाट नाैनि घ्यु, काेकाे म्हेन्दाे अर्थात सेताे टीका लगाई माघ महिना भरि आफन्त ईष्टमित्रहरुकाे घरमा जाने भेटघाट गर्ने,शुभकामना आदान-प्रदान गरि रमाइलो गर्ने गरेकाे पाईन्छ ।


त्यस्तै साेनाम ल्हाेछारकाे अवसरमा माघ ३ गते ने.ता.घे.कास्की महिला घेदुङले पनि शुभकामना आदान-प्रदान कार्यक्रम गरेका थिए । साेहि अवसरमा कास्की जिल्ला समन्वय समिति घेदुङले पनि माघ ७ गते शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे थियो ।
यसैगरि साेनाम ल्हाेछारमा विभिन्न स्थानहरुमा मैन बत्ती बालेसगैँ साँस्कृतिक कार्यक्रममा तामाङ सेलाे गित र पुर्वी भेगमा म्हेन्दाेमाया भाका गितमा नाच्ने गाउँने गरि कार्यक्रममा निकै रमाइलो गरि मनाईन्छ । संसारमा सबैभन्दा रमाइलो जाति भनेकाे पनि तामाङ जाति हाे भन्ने गरेकाे पाईन्छ । यसरी तामाङ जातिहरुले आँफ्नाे नयाँ वर्षमाकाे अवसरमा लगभग एक महिना सम्म शुभकामना आदानप्रदान साथै समाजमा विभिन्न योगदान पुर्याईएका स्रस्टा, सर्जकहरुलाई सम्मान गरिने प्रचलन रहेको छ ।
कास्की जिल्लामा विशेषगरि गुरुङ जातिको बहुल्यता रहेकाेले कतिपय व्यक्तिहरु पाेखरामा तामाङ जाति रहेकाे कुरा सुन्दा अचम्म मान्ने गरेकाे पाईन्छ । तर कास्की जिल्लामा मात्रै २०% तामाङ जाति रहेकाे पाईन्छ । ने.ता.घे कास्की का अध्यक्ष भक्त तामाङले आँफुले अध्यक्ष पदभार गरेकाे १५/२० दिन मात्रै भएकोले यस वर्ष झाक्रीँ सहितको नाचगान गर्न समयकाे अभाव भएको बताएकाे छ । त्यसैले अर्को वर्ष झाँक्री सहितकाे बाजागाजा र सांस्कृतिक कार्यक्रम गरि साेनाम ल्हाेछारलाई भव्यताका साथ प्रदर्शन गर्ने घाेषणा गरेका छन् ।
त्यस्तै पाेखराको दोविल्लामा भएको कार्यक्रममा बिगत ४५ बर्ष देखी अनवरत रुपमा साइकल व्यवसायीको रुपमा काम गर्दै आउनु भएका शेर बहादुर तामाङलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी संस्थापक अध्यक्ष कृष्ण राज रुम्बा नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङ् र खेलकुद प्रशिक्षक राजेन्द्र तामाङ् लगयतलाई सम्मान गरिएको थियाे भने यसै वर्ष एसईई परिक्षा उत्तिर्ण गर्ने समाजका छोराछोरीहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्की का अध्यक्ष भक्त तामाङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै आफ्नो जाती, भाषा,धर्म,संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुएकाे छ ।
समाजका अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा तामाङले स्वागत मन्तव्य, सुकमाया तामाङ,कृष्ण राज रुम्वा, राजेन्द्र तामाङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । भने कार्यक्रम को संचालन सविता तामाङले गरेकी थिईन ।





प्रतिक्रिया दिनुहोस