चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
507 Views
पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजना चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी २८ गते सम्म हुने भएको छ ।
पोखरा महानपालिका २३ मा हुने उक्त महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भिमप्रसाद पराजुलीले जानकारी दिए ।
नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता, खेलकुद प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी गास्ने प्रतियोगिता लगायतका प्रतियोगिता हुने पराजुलीले जानकारी दिए । प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विभिन्न कलाकारको प्रस्तुती रहने छ ।
स्थानिय प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवदन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजना गरिएको हो ।
पर्यटन क्षेत्रको विकास लागि उक्त महोत्सवको आयोजना गरिएको पराजुलीले जानकारी दिए । २५ खर्च अनुमान गरिएको महोत्सवमा बचत भएको रकमले स्थानिय पर्यटन प्रवदको लागि लेकसाइ देखी चापाकोटसम्म ठाउँ ठाउँमा सांकेतिक बोड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम गरिने छ । महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउने, अहिले संचालमा भएको होमस्टे थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायतका योजना रहेका छन् ।
महोत्वसवमा स्थानिय उत्पादन बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ ।





प्रतिक्रिया दिनुहोस