कमलमान सिंहको जीन्दगी सार्वजनिक "मुख्य भूमिकामा इन्जिनियर सहदेव चन्द "
956 Views
पोखरा । कमलमान सिंहको शब्द र संगीत तथा स्वर रहेको जीन्दगी नेपाली आधुनिक गीत सार्वजनिक गरिएको छ । उक्त गीत कमलमानसिंह नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको मुख्य भुमिकामा नेपाल राष्ट्र बैंकका निर्देशक इञ्जिनियर सहदेव चन्द रहेका छन् । त्यसै गरी मिग्मा डेविड शेर्पा र संज्ञा श्रेष्ठको समेत अभिनय रहेको छ । गीतको मुख्य पात्रको रुपमा देखिएका शेर्पा एक नेपाली पर्वतारोही र उद्धार आरोही हुन । शेर्पाले ८ हजार भन्दा अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोहीको र्कितीमान समेत राखेका छन् । उनले सगरमाथा र माउन्ट केटु सबैभन्दा छोटो समयमा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम देखाएका छन् ।
सो गीतमा एक युवाले आफ्नो सपना पुरा गर्नका लागि सबै दुख पीडालाई भुलेर रमाएको कथालाई देखाइएको छ । त्यसका साथै गीतमा मिठास ढंगले प्रेमलाई समेत व्यक्त गरिएको छ ।
मुख्य भुमिकामा देखिएका चन्दले सो गीतले युवाहरुको कथा बोलेको वताउँछन् । आफ्ना विविध समस्याहरुका वावजुत आफ्नो सपना साकार पार्न निरन्तर लागि पर्ने युवाहरुको कथा रहेको पनि वताए ।
यो समाचार पार्दा सम्म ४७ हजार वढि पटक हेरिएको गीतमा सकरात्मक प्रतिक्रियाहरु आइ रहेका छन् ।
गीत हेर्नको लागि तलको लिंकमा जानुहोस्ः





प्रतिक्रिया दिनुहोस