नेपाल ब्यबस्थापन संघ गण्डकीको अध्यक्षमा डा. कार्की
734 Views
पोखरा । नेपाल ब्यबस्थापन संघ गण्डकी प्रदेशको अध्यक्षमा डा. बिर बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा देवीलाल शर्मा, सचीवमा माधब बस्ताकोटी, कोषाध्यक्षमा सुर्य बहादुर रोका र सदस्यहरुमा दुर्गा प्रसाद हुँमागाई, गणेशबहादुर थापा, प्रकाश रेग्मी र सिए अमित थापा रहेका छन् । एक जना महिला सदस्य कार्यसमितिले चयन गर्ने छ ।
भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले गर्नु भएको थियो । बर्तमान समयमा सहि ब्यबस्थापनको कमिको कारण ब्यथितिहरु बढेको बताउँदै गण्डकी प्रदेशका सांसद तथा जनप्रतिनिधिहरुलाई ब्यबस्थापन सम्बन्धि कार्यशाला कार्यक्रम नियमित गर्नु पर्ने बताउनु भएको थियो ।
सो अबसरमा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल च्याम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसन सुनार, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
केन्द्रिय महासचिव मोहन ओझा संघको स्थापनाको उद्देश्य, सदस्यको प्रकार र गरिरहेका कामको बारेमा बताउनु भएको थियो ।
नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष डा. वीर बहादुर कार्कीले सदस्यता बितरण, सचिवालय स्थापना गर्ने बताउँदै विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
निर्वाचन संयोजक पुर्व केन्द्रिय कोषाध्यक्ष दिलिपराज पौडेलले कार्यसमिति घोषणा गर्नुभएको थियो ।
नेपाल ब्यबस्थापन संघका केन्द्रिय अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डा. वीर बहादुर कार्कीले र संचालन देबिलाल शर्माले गर्नुभएको थियो





प्रतिक्रिया दिनुहोस