दोरम्बा शैलुङ् गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बिवरण सङ्कलन आज ७५ जनाले भरिए
477 Views
रामेछाप, माघ ४, खोज मिडिया । संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकामा सुरुआत गरिएको छ।
सो गाउँपालिकामा रहेका वडा नम्बर ७ मा आज पहिलो दिन पोडि टारबाट शुरु गरिएको राष्ट्रिय परिचयपत्र बिवरण सङ्कलन आज ७५ जनाले भरिएको छ। भोलि पनि पोडी टारको नै बिवरण भर्ने काम जारी रहने वडा अध्यक्ष प्रविन कुमार मोक्तानले हामीलाई जानकारी दिए ।
परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताका आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र पेश गर्नुपर्ने छ।
आफ्नो कागजपत्र तयारीका साथ लिएर आउनको लागि ७ नम्बर वडाबासीलाई हार्दिक अनुरोध गर्दै आज हुने भनिएको माटो परिक्षण भोलि बिहान देखि शुरु हुने पनि जानकारी गराउन चहान्छु । आफ्नो बारीको माटो ल्याएर माटो परिक्षण गरेर कुन बाली उत्पादन हुन्छ ? त्यसको प्रबर्द्धन गरौ।





प्रतिक्रिया दिनुहोस