पल शाहले पाए अदालतबाट सफाई
453 Views
कास्की, ३ माघ । पल शाह अर्थात पुर्ण विक्रम शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले ब*ला*त्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बालिकालाई ब*ला*त्कार गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत नवलपरासी पूर्वले यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।उनी हाल तनहुँ कारागारमा रहेका छन् ।





प्रतिक्रिया दिनुहोस