पोखरामा विमान दु*र्घट*नामा परेका चालक दलसहित ७२ यात्रु नामावली भिडियो सहित
576 Views
कास्की, १ माघ । पोखरामा आइतबार बिहान दु*र्घ*ट*नामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको दु*र्घट*नामा परेको यती एयरको जहाजमा रहेका यात्रुहरुको नामावली सार्वजनिक गरेको छ । दु*र्घट*नामा अहिलेसम्म ३२ जनाको श*व फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी. का ३० जनाको श*व भेटिएको बताएका छन् ।
यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । तीमध्ये १० जना विदेशी यात्रु थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एनएएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका रहेका थिए ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दु*र्घ*टना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका हुन् ।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दु*र्घट*ना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमान दु*र्घ*टनामा परेका यात्रुहरु:
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
आयुर्दि शर्मा
बेबि शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा।
शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रुरु:
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे





प्रतिक्रिया दिनुहोस