पश्चिमाञ्चल क्याम्पसमा पोखरामा जिएनएसएस विषयमा तालीम सम्पन्न
528 Views
पोखरा । अन्तरीक्ष विज्ञान तथा जियोम्यटिक्स अध्ययन केन्द्र, पश्चिमाञ्चल क्याम्पस इन्जिनीयरीङ्ग अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय पोखराको संयोजन तथा भौगौलीक सूचना विज्ञान अध्ययन केन्द्र टोकीयो विश्वविद्यालय, जापान एवं संयुक्त संघ अन्तर्गत ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम , अन्तराष्ट्रीय समितिको सह–सयोजनमा पोखरामा ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम विषयको ४ दिने तालीम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गरुङ्गले उदघाटन गरेका थिए । प्रमुख अतिथी गुरुङ्गले तालीमले नेपालको सर्भेको क्षेत्रमा सेन्टीमिटर लेभलको एक्युरेसी सर्भे गर्न सक्षम हुने तथा यो क्षेत्रमा अध्ययन अनुसन्धान गर्न मानवश्रोतको विकास हुने विश्वास व्यक्त गरे ।
ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम, अन्तराष्ट्रिय समितिका सदस्य सराफात गोविडा र टोकीयो विश्वविद्यालयका सह–प्रा.डा दिनेश मानन्धरले आ–आफ्नो कार्यपत्र मार्फत यस विषयमा विश्वमा भए गरेका क्रियाकलाप र यसको अनुसन्धानको माध्यम बाट विशिष्टीकृत कृषि प्रणली, मत्स्य संकलन, दैवी प्रकोप नियन्त्रण तथा पूर्व सूचना (एस एम एस) पदती, दुरसंचार आदी श्रेत्रमा पु¥याउन सकिने योगदानको वारेमा प्रकाश पारेका थिए ।
क्याम्पस प्रमुख निर्मल प्रसाद बरालले राष्ट्रिय प्राथमिकताका विषयहरुमा राज्य,विश्वविद्यालय र औधोगीक क्षेत्र विचकोे सहकार्यबाट अनुसन्धान गर्नुपर्ने धारण राखेका थिए । पश्चिमाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख सुरेश तिमिल्सीनाले स्वागत भाषण गरेका थिए ।
उक्त वैज्ञानीक तालीम कार्यक्रमका संयोजक एव. अन्तरीक्ष विज्ञान तथा जियोम्याटीस्स अध्ययन केन्द«्र का निद्रेशक सह–प्रा.डा. कृष्ण प्रसाद भण्डारीले केन्द्रले कोर्स स्टेशन र जिएनएसएस ल्याब स्थापना गरी यस क्षेत्रमा जिएनएसएस विषयमा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशा तर्फ अग्रसर रही कृषि, पर्यटन, वातावरण पुर्वाधार विकासका कार्यक्रम संचालन साथै शैक्षिक क्रियाकललाप संचालनका बारेमा बताएका थिए । उक्त कार्यक्रममा श्रीलंका, भारत, नेपाल का ४५ जना र अन्लाइन तर्फ लगायत विभिन्न देशका २०० जना सहभागीता रहेका थिए ।





प्रतिक्रिया दिनुहोस