खहरे आमा समुहको अध्यक्षमा पहारी
835 Views
पोखरा । पोखरा ६ लेकसाइडमा रहेकोे खहरे आमा समुहको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले शान्ति पहारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समुहको वरिष्ट उपाध्यक्षमा अन्जना पहारी, दितिय उपाध्यक्षमा पार्वती पहारी, तृतिय उपाध्यक्षमा भागिरथि थापा, सचिवमा सचिप्रभा कोइराला, सहसचिवमा सिता पहारी, कोषाध्यक्षमा लता पहारी र सदस्यहरुमा साधना थापा, राधा कोइराला, मिना रानाभाट, यमुना पहारी, सत्य पहारी, मन्जु पराजुली र चन्द्रा पहारी सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सांसद देवका पहारीले उद्घाटन गर्दै समाज काम गर्ने इच्छा शक्ति हुने हो भने आमा समूहले पनि धेरै गर्न सकिने उदाहरण खहरे आमा समुह दिएको बताइन ।
उनले चुनावको बेला गरेका बाचा कहिले नभुल्ने बताउदै पोखरालाई पर्यटकीय राजधानी बनाउन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट बाट अन्तर्राष्ट्रिय उडान गराउन सांसदको तहबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै आयआर्जनमा महिला हरुलाई जोड्ने अभियान अब आमा समुहले सुरु गर्नु योजना बनाउन आबश्यक रहेको बताउनु भयो ।
निवर्तमान प्रदेश सांसद राजिब पहारीले टोल बिकास संस्था र आमा समुह मिलेर बृहत सरसफाइ अभियान संचालन गर्नुपर्ने वताउँदै सबै मिलेर फेवाताल जोगाउनुको विकल्प नभएकोले बेलैमा चेतना आउनु जरुरी रहेको बताए ।
पोखरा–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले टोल बिकास संस्था र आमा समुह सुस्ताउन नहुने बताउदै सहकार्यको लागी वडा कार्यलय तयार रहेको बताएका थिए । उनले वडाका बासिन्दा र ब्यबसायीले राज्यलाई तिर्ने कर अन्य वडाहरुको भन्दा बढी योगदान रहेकोे बताए । साथै उनले २४ सै घन्टा लेकसाइड खोल्न पहल भइरहेको छ । वडालाई फोहोर मुक्त राख्नु वडाको कर्तव्य भएको बताउदै सरसफाइको लागि आबश्यक सामान वडाले उपलब्ध गराउने ।
सो अबसरमा सल्लाहकार भरतराज पराजुली, जेष्ठ नागरिक मञ्चका गुरुदत्त बराल, रेडियो जननीकी अध्यक्ष हिरा भट्टराई, खहरे टोल बिकास संस्थाका अध्यक्ष खिमलाल पहारी, आजिवन सदस्य साधना थापा, महिला पर्यटन ब्यबसायी मञ्चकी महासचिव ममता न्यौपाने लगाएतले शुभकामना व्यक्त गर्दै आमा समूहले वडाकार्यलयले भन्दा बढी काम गरेको बताएका थिए ।
कार्यक्रममा आमा समुहको स्थापना समय देखि सहयोग गर्ने निवर्तमान सांसद राजिब पहारी, निवर्तमान वडा अध्यक्ष भरतराज पहारी, संस्थापक अध्यक्ष नानीमाया सिग्देल, सल्लाहकार लक्ष्मण थापा, प्रचारप्रसारमा योगदान दिने पत्रकार कृष्ण रानाभाट, गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्रबासी दाजुभाइको तर्फबाट शंकर कोइराला, लगाएत विभिन्न क्षेत्रमा योगदान दिनुहुने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी आफ्नो ज्यानको माया मारेर सन् २०१० मा एक भारतिय सेनाबाट सेवा निवृत्त भई नेपाल आउने क्रममा रेलमा एक युवतीलाई वचाउने भारतिय सेनाका एक सैनिक बिष्णुकुमार श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।
नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै आमा समुहकी अध्यक्ष मैया थापाले सहयोगी संस्था तथा ब्यक्तिहरु प्रती आभार व्यक्त गर्दैे फेवाताल ताल सरसफाइमा पर्यटन ब्यबसायी पनि लाग्नुपर्ने ।
सहयोगी संस्था तथा ब्यक्तिहरु प्रति आभार व्यक्त गर्दै आमा समुहकी अध्यक्ष मैया थापाले फेवाताल र लेकसाईड क्षेत्र सरसफाइमा पर्यटन ब्यबसायी पनि लाग्नुपर्ने ।
समुहकी अध्यक्ष मैया थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भागिरथी थापा क्षेत्रीले र स्वागत समुहकी उपाध्यक्ष शान्ति पहारीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस