छाेरीकाे उपचार गर्न आर्थिक समस्याले छट्पटी रहेकी आशा मगरलाई युवानेता आईतराम तामाङकाे सहयोग
734 Views
काठमाडौं, ११ पुस । केही दिनदेखि अस्पताल भर्ना भईरहेका बाल गायक सचिन परियारलाई भेट्न पुगेका समाजसेवी आईतराम तामाङले अस्पतालकाे चिसाे भुईमा छाेरीकाे उपचार गर्न आर्थिक अभावका कारण छट्पटी रहेकी एक महिलालाई सहयाेग गरि उद्दार गरेकाे छ ।
प्युठान देखि छाेरीकाे उपचारकाे लागि पाटन अस्पताल पुगेकी आशा थापा मगरलाई पाटन अस्पतालले बच्चालाई टिचिङ अस्पतालमा रिफर गरेकाे थियाे । त्यसैले बच्चालाई टिचिङ अस्पतालमा उपचार गर्न भनेर आएकी आशा थापा मगरसगँ भएको रकम सकिएपछि के गर्ने, कता जाने कुनै टुंगो नभई अस्पतालकाे चिसाे सिडिमा बसिरहेकी आशा लाई केही युटुबरहरु घेरेर प्रश्न गरिरहेका थिए ।
त्यसैबखत युवा नेता आईतराम तामाङ साेही ठाउँमा पुगेका थिए । आईतराम तामाङले उक्त दर्दनाक दृश्य देख्न नसकेपछि उक्त महिलालाई बच्चाकाे उपचारकाे लागि केही आर्थिक रकम सहयाेग गरेकाे छ भने बुधबार सम्मकाे लागि खाना, बस्नकाे लागि समेत व्यवस्था गरिदिएकाे छ ।
आईतराम तामाङ समाजसेवि युवा नेता पनि हुन् । उनले अहिले मात्रै हाेईन दुई दशक देखि दुखि, हसहाय, पिडित, अस्वस्थ हरुकाे लागि विभिन्न माध्यमबाट सहयाेग गर्दै आईरहेकाे छ । उनी भन्छन् ,”पिडित जन्ताहरुकाे साहारा बनी सेवा गर्न पाउँदा मन आनन्द लाग्छ, सधैंभरि यसरी नै सहयाेग गर्न सकुन, जन्तालाई परेकाे हरेक समस्याको समाधान गर्नकाे लागि कहिल्यै चुकिने छैन” उनले भने । अबको दिनहरुमा पनि सधैं जन्ताकै सेवामा लागि पर्ने बताए।





प्रतिक्रिया दिनुहोस