अमेरिकी निवासी राईले यसरी जिते “द भ्वाइस अफ नेपाल” सिजन चाैँथाे
356 Views
काठमाडौं, ९ पाैष । “द भ्वाइस अफ नेपाल सिजन चाैँथाे काे” बिजेता करण राई भएका छन्।
शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ लाख रूपैयाँसहित “द भ्वाइस अफ नेपाल” सिजन-४ को उपाधि हात पारेकाे हाे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भएकी छन् ।
त्यस्तै टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप हुँदा टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन्। दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ।
अमेरिकामा बस्दै आएका विजेता राईले नगद २५ लाख, पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोनलगायत थुप्रै पुरस्कारहरू प्राप्त गरे। यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बु र तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका थिए।





प्रतिक्रिया दिनुहोस