पृथ्वी राजमार्ग सडक भासिएपछि अवरुद्ध
364 Views
तनहुँ , ३ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।
आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।
सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ। उनले भने! “खुलाउने प्रयास भइरहेको छ, अहिले स-साना गाडीहरू पास भइरहेका छन्।”
खाल्डोमा माटो राखेर पुरेर सडक पुन: सञ्चालनमा ल्याइने उनले बताएका छन् । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस