“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला
420 Views
काठमाडौं, ३ मंसिर। सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३” छैंटौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेकाे छ ।
विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आईरहेकाे छ। महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास, अभिवृद्धि, वा कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागेकाे जनाएको छ ।

विगत १४ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो छैटौं संस्करणको लागि उपत्यकावाट र उपत्यका बाहिरबाट जम्मा २० जना प्रतियोगी समावेश गराइने छ । पहिलो चरणको छनौट कार्यक्रम आगामी पौष द्रोस्रो साता हुनेछ भने,
उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास,वा कला, शारारिक फिटनेश, जुम्वा,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर सम्वन्धी प्रशिक्षण साथै महिला अधिकार सम्वन्धी ज्ञान सिप प्रदान गरिने छ भने स्टेजमा हिड्न बाेल्न साथै प्रश्न उत्तर सिकाइने छ । 
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।
प्रतियोगिताका विजेताहरुले “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३”को उपाधी सहित फ्रिज, टेलीभिजन, हिटर साथै घरायसीका उपहारका सामाग्रीहरु र थाइल्याण्ड भ्रमणको लागि विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ ।
आयोजक
सिजन मिडिया
प्रदिपराज वन्त(प्रवन्ध निर्देशक)
सम्पर्कः–०१४२३८४०१
९८०१०४४८३५





प्रतिक्रिया दिनुहोस