धरानका “मेयर हर्क साम्पाङ”लाई स्पष्टीकरण माग्दै दलित आयाेगले निकाले विज्ञप्ति
721 Views
धरान, २८ मंसिर । धरानका मेयर हर्क साम्पाङ्काे स्टाटसले दलित समुदायलाई अपमान गरेकाे आराेप लागेकाे छ । मेयर हर्क साम्पाङ फेसबुककाे धेरै पाेस्टहरुबाट टिकाटिप्पणी र विवादितमा पर्ने गरेकाे देखिन्छ ।
हिजाे बेलुका उनले गरेकाे पाेष्टमा (चमारे) भन्ने शब्द लेखिएको हुँदा यस विषयमा कत्तिलेत माफी माग्न समेत कमेन्ट् मार्फत आग्रह गरेका छन् । तर उनले याे विषयमा अहिले सम्म केही खुलाएकाे छैन । साेहि (चमारे) शब्दले दलित समुदायलाई हेपेर घाेचपेच गरेकाे आराेप लगाएकाे छ ।

यसै विषयमा समाजसेवि सरु सुनारले आफ्नाे फेसबुक मार्फत यसरी स्पष्टीकरण मागेकी छन्। सरु सुनार लेख्छिन्”धरानका मेयर हर्क साम्पाङले लेखेको यो स्टाटसको ” चमारे बुद्धि” भन्ने शब्द प्रती मेरो घोर आपत्ति छ , कुनै समुदाय प्रती लक्षित गरि , ती समुदायलाई अपमान, घिर्णा , सार्बजनिक रूपमा विभेद जन्य लेखाइले सिङ्गो दलित समुदाय प्रतिको अपमान हो । चमार सब्द र कुन हिसाबले तपाईले प्रयोग गर्नु भएको छ यो प्रष्ट छ । तपाईले यो लेखाइको स्पष्टीकरण दिनै पर्छ , हेक्का रहोस् तपाईलाई मेयरमा जिताउन धरानमा थुप्रै दलित समुदायले भोट दिएका छन् ।तपाईंलाई यो अधिकार कसले दियो ?? आफ्नो नाम revolution को अर्थ क्रान्ति लेख्ने सोच यति निच ?? तपाईंले कुनै समुदायलाई अपमान मात्र होईन नेपालको कानुनी बिपरितको काम गर्नु भएको छ , जातीय छुवाछूत , विभेद गर्ने चाहे त्यो प्रत्यक्ष होस् या सामाजिक संजालमा लेख्ने होस् ,फौजदारी अपराध हो । सिङ्गो समुदाय न्यायको लागि यस्ता लेख्ने विरुद्ध कानुनी उपचार खोज्न बाध्य नहोस् ।स्पष्टीकरण चाहिन्छ।”
यसरी फेसबुक मार्फत स्पष्टीकरण माग्दै आज “राष्ट्रिय दलित” आयाेगबाट विज्ञप्ति निकालिएको छ । 





प्रतिक्रिया दिनुहोस