सागर ढकालकाे चुनाव खर्चकाे लागि यत्ति ठुलाे सहयाेग
317 Views
डडेल्धुरा, २८ मंसिर । डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन्। ढकालले सो रकम सहयोगबापत आफूले प्राप्त गरेको भनेका छन्।
सामाजिक सञ्जालमा ढकालले सार्वजनिक गरेको खर्च विवरणमा १ देखि १०० रुपैयाँ दिने ५०० जना रहेको बताएका छन्। उनले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
सो विवरण ढकालले आइतबार निर्वाचन आयोगमा बुझाएको जनाएकाे छ। जसमा उनले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन्।
सो कार्यालय व्यवस्थापनमा ८० हजार ९ सय ११ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्। होटलमा बस्न, खानमा उनले २ लाख ७५ हजार १ सय ७ रुपैयाँ खर्च भएको बताएका छन्। यस्तै, १ सयदेखि १ हजार दिने ९ सय जना रहेको ढकालले भनेका छन्।
ढकाललाई १ रुपैयाँ दिने २ जना र १० रुपैयाँ दिने ८ जना रहेको उल्लेख छ। चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालको भनाइ रहेकाेछ। खासमा यो पैसा होइन। यो पैसासँग दाँज्न नमिल्ने माया हो। म नतमस्तक छु हजुरहरूले देश बनाउने युवाहरूलाई आत्मादेखि समर्थन गरिदिनुभएकोमा उनले लेखेका छन्।
“स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रुपैयाँ खर्च भएको उनको भनाइ छ।
पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०,काठमाडौंदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन्।”





प्रतिक्रिया दिनुहोस