मेयर बालेन शाह फुटबल खेलाडीकाे रुपमा
517 Views
काठमाडौं, महानगरपालिकाका मेयर बालेन शाह सोमबार बिहान दशरथ रंगशालामा फुटबल खेलाडीको रूपमा देखिएकाे थियाे ।
महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर ११ को नेतृत्व गर्दै मेयर बालेन्द्र शाह मैदान उत्रिएका हुन् । महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनप्रनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएकाे छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीकाे नेतृत्वमा खेल भएको थियो। प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु रहेका थिए।
जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर शाह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो। खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जितेका छन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताइन् ।उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन्।
उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रूपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्। उनले जनप्रतिनिधिले खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनुरूप पूरा भएको बताइन्।





प्रतिक्रिया दिनुहोस