मकवानपुरका स्वतन्त्र उम्मेदवार तामाङले गरे निर्वाचन खर्च विवरण पेश
569 Views
मकवानपुर,२० मंसिर । मकवानपुर जिल्ला क्षेत्र नम्वर-१ बाट प्रतिनिधि सभा मा स्वतन्त्र उम्मेदवार दिएका आइतराम तामाङले निर्वाचन खर्च विवरण पेश गरेका छन् ।
क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार आईतराम तामाङले चुनाव प्रचारप्रसार काे लागि जम्मा (रू.४८९४१५.२६)चार लाख उनान्नब्बे हजार चार सय पन्ध्र रुपैयाँ पच्चीस पैसा खर्च भएको बताएको छ ।
मकवानपुरबाट स्वतन्त्र उम्मेदवारमा ५४६ मत पाएर पराजित भएका तामाङले आफुलाई थोरै समयमा जनताले धेरै माया गरेको र निर्वाचनको समयमा पनि प्रचारप्रसार देखि हरेक कुरामा सहयाेग गरेका सम्पूर्ण आम नागरिकहरुलाई धन्यवाद दिएका छन् ।
तामाङकाे चुनाव प्रचारप्रसारका लागि छापिएका प्रेसमा घाेषणा पत्र, झन्डा ब्यानर लगायतका सामाग्रीमा रु.१३५०००(एक लाख पैतिस), साउन्ड सिस्टमकाे रु.६५००० (पैसठ्ठी हजार),एफएम रेडियाे खर्च रु.९२५०(नाै हजार दुईसय पचास), सवारी साधन मर्मत खर्च रु.७०२३०(सत्तहरी हजार दुई सय तीस), डिजेल,पेट्रोल खर्च रु.१०७८८०.८४(एक लाख सात हजार आठ सय असी रुपैयाँ चाैरासी पैसा),खानपिन खर्च १०२०५४.४२(एक लाख दुई हजार चउन्न रुपैयाँ बयालिस पैसा) गरि जम्मा रकम रु.४८९४१५.२६ रुपैयाँ निर्वाचन खर्च विवरण मंसिर १९ गते पेश गरिएको छ । 
तामाङले निर्वाचनमा विजयी हुन नसकेपनि जनतासँग भेटघाट गर्ने,उनीहरुको गुनासो सुन्ने, गाउँगाउँमा पुगेर त्यहाँको समस्या पहिचान गर्ने अवसर पाएको र गाउँघरमा पुग्दा जन्ताबाट अपार माया दिएका सम्पूर्ण नागरिकहरु र निर्वाचनकाे समयमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
उनले भने! “याे मेराे राजनीतिक यात्र सुरुवात मात्रै हाे । सुरुवाती समयमा मैले थाेरै समयमा पनि नागरिकहरुबाट धेरै माया र साथ पाए अबकाे दिनमा जन्ताहरुकाे दुःख, पिडालाई मध्यनजर गरि विगतमा जसरी सहयाेग गरे त्यसैगरि सहयाेग गर्छु।” जन्ताकाे मायाले अझ धेरै राजनीतिमा हाेमिन हाैसला मिलेकाे भन्दै अबकाे दिनमा राजनीति यात्रालाई सफल पार्ने बताए ।





प्रतिक्रिया दिनुहोस