सुकुम्बासीका स्थानीय र प्रहरीबिच ढुङ्गा हानाहान
373 Views
काठमाडौं, १२ मंसिर । सुकुम्बासी उठाउनकाे लागि बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा प्रहरी उपरीक्ष राजु पाण्डे घाइते भएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन्। थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौं नगर प्रहरी प्रमुख घाइते भएका छन्। उनका अनुसार झडप हुँदा पाण्डे सामान्य घाइते भएकाे बताए ।
“झडप हुँदा सामान्य घाइते हुनुभएको हो” उनले भने! “उहाँको टाउकोमा सामान्य चोट लागेको छ।” यस्तै झडपमा अन्य १४ जना समेत सामान्य घाइते भएको उनले बताएका छन् । प्रहरीहरु बस्तीभित्र छिर्न खोजेपछि सुकुम्बासीहरूले टायर बालेर विरोध प्रदर्शन समेत गरेका थिए ।बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो हाे । बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको छ। बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।
अहिले घटनास्थलमा २५० भन्दा बढी नगर प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको छ। एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गते सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर,टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियाे । स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका गरेकाे हाे ।





प्रतिक्रिया दिनुहोस