६ लाख बराबरको बुद्धकाे मुर्ति सहयाेग बेल्जियमबासि नेपाली चेलि(निता बुदुजा)
804 Views
मकवानपुर, मंसिर २ । हेटाैँडा उपमहानगरपालिका वडा नं १२ आग्रा टाेलमा रहेकाे गुम्बामा ३ फिट अग्लाे बुद्धकाे मुर्ति दान गरेको छ ।
हाल बेल्जियममा बसाेबास गर्दै आएकी नेपाली चेली समाजसेवी, महिला व्यवसायि, उद्दमी महिला निता बुदुजाले बिगत लामाे समयदेखि विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयाेग गर्दै आएकी छन् ।
त्यसैगरी सहयाेग गर्ने क्रममा केही दिन अगाडि ६ लाख बराबरको बुद्दकाे मुर्ति आग्र टाेलमा रहेकाे गुम्बामा उक्त मुर्ति आवश्यक रहेकाेले स्थानीयहरुकाे मागलाई मध्यनजर गरि साेहि बुद्धकाे सहयाेग गरेकाे जनाएको छ ।
उक्त बुद्धकाे मुर्ति मंसिर २ गते शुक्रबारकाे दिन उद्घाटन गरिएको हाे । मुर्ति उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दाहरुकाे बाग्लाे उपस्थित रहेकाे थियाे । मुर्ति स्थापना गर्न पुगेका पत्रकार सहित स्थानीय बासिन्दा विकास वाईवा लगायतका टाेलीलाई स्थानीयहरु मिलीजुलि गुम्बाकाे अध्यक्ष, गुम्बाकाे लामा गुरु लगायत सम्पूर्ण सहयाेगीहरुलाई खादा र माला लगाई सम्मानपुर्वक स्वागत गरि विदाई गरिएको हाे ।
साेहि गुम्बामा मुर्ति सहयाेग गरेकी निता बुदुजालाई स्थानीय बुबाआमा, लामा गुरु लगायत सम्पुर्णले उहाँको सु-स्वास्थ अनि दिर्घायु सहित हरेक कार्य सफला र कार्य विजयीकाेलागि आशिर्वाद दिदैँ धन्यवाद व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस