मकवानपुर बासि पुरानाे दलहरु प्रति विश्वास नरहेको खुलासा
515 Views
मकवानपुर,मकवानपुर जिल्ला क्षेत्र नं १ काे स्वतन्त्र उम्मेदवार आईतराम तामाङ हेटाैँडा बसपार्क हुदैँ घरदैलो गरि काेन सभा कार्यक्रम सम्पन्न भयाे ।
हेटाैँडा वडा नं १० काे स्वतन्त्र उम्मेदवार सम्पर्क कार्यलयबाट र्याली निकाली घरदैलो गर्दै हेटाैडा बसपार्कमा पुग्दा स्थानीय बासिन्दाहरुले पुर्णरुपमा समर्थन रहेकाे जनाएको छ । स्थानीय बासिन्दा भन्छन् , “बिगतमा धेरै पार्टीका दलहरूलाई भाेट दिएर जिताए तर जुनैपनि दलका नेताहरुले बारम्बार आश्वासन मात्रै देखाए अबकाे दिनमा कुनैपनि पार्टीलाई भाेट नदिने भनेर बसेकाे तर स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखेपछि आफुहरु खुसि भएर भाेट स्वतन्त्र उम्मेदवारलाईनै दिने बताए ।” 
हेटाैँडा उपमहानगरपालिका वडा नं १२ काे स्थानीयहरुकाे घरदैलोमा पुग्दा स्थानीयहरु भन्छन्, “हामीले बिसाै वर्ष पार्टीका दलहरुलाई हेर्याै भाेट माग्न मात्रै घरमा आईपुग्छन् जितेर गएपछि फर्केर आउँदैनन्, हामीलाई नेताकाे आवश्यक पर्दा जन्तालाई चिन्दैनन्, हाम्राे भाेटले जित्छन् तर हामीलाई चिन्दैनन्, यस्तै गुनासाे सुन्दै स्वतन्त्र उम्मेदवार आईतराम तामाङले भने, “तपाईंहरुकाे दबिएकाे आवाजलाई उठाउनकाे लागि सघंमा मैले उम्मेदवार दिएकाे हाे अबकाे दिनमा तपाईंको आशिर्वादकाे जरुरी छ आश अनि विश्वास छ तपाईंहरुले मलाई अमुल्य भाेट दिएर विजय गराउनुहुनेछ ।”

स्वतन्त्र उम्मेदवार तामाङले आफू घरदैलाे गर्दैगर्दा भत्किएको बाटाे,साँगुराे बाटाे हेर्दै र देखाउँदै भने! “हाम्रो देश र समाज कहिले बन्छ ? मलाई बिरक्त लाग्छ देशकाे स्थिति देख्दा र बाटाेकाे अवस्था देख्दा, वृद्ध भईसकेकाे बुबाआमाहरुकाे अवस्था देख्दा मलाई दया लाग्छ, विद्यालय जादैँगरेकाे विद्यार्थी भाईबहिनीहरुलाई देख्दा माया लाग्छ किनकि देशमा निःशुुल्क शिक्षा, स्वास्थ्य भईदिएकाे भए जन्ताले दुःख पाउँदैनथ्याे कमसेकम स्वराेजगार मात्रै भईदिएकाे भए पनि बिदेसिनु पर्ने थिएन भर्खरका युवा भाईबहिनीहरु तर त्याे पनि नेपालमा दलीय नेताहरुले सम्भावना नदेखाएपछि म आँफै स्वतन्त्र उम्मेदवार भएर उठ्न बाध्य भए ! यदि मैले जिते भने जन्ताले पाउनुपर्ने सेवासुविधामा कुनै कमि हुन दिन्न त्यसको लागि यत्तिबेला मलाई जन्ताकाे आशिर्वादकाे खाचाे छ ।”
यसरी घरदैलो गर्दै हेटाैँडा १० बुद्धचाेककाे काेनसभामा स्वतन्त्र उम्मेदवार आईतरामकाे समर्थनमा युवायुवती, वृद्ध बुबाआमाहरुकाे बाग्लाे उपस्थित रहेकाे थियाे । उक्त काेनसभामा बाेल्दै स्थानीय बासिन्दा विकास वाईवाले भने! देशकाे परिस्थिति र अवस्थाले गर्दा स्वतन्त्र उम्मेदवारकाे खाचाेँ रहेकाे जनाए । त्यसैगरी उक्त काेनसभामा बाेल्दै स्वतन्त्र उम्मेदवार आईतराम तामाङले भने! “देश र समाजको लागि केही गर्न चाहान्छु म तपाईंहरु जस्तै स्वतन्त्र व्यक्ति हुँ, मलाई राजनीति गर्न आउदैन तर जन्ताकाे पक्षमा बुलन्द आवाज उठाउन सक्छु । त्यसको लागि मैले जित हाँसिल गर्नुपर्छ ।”
यसरी काेनसभा गरिसकेपछि उपस्थित सबैजना आईतराम तामाङ स्वतन्त्र उम्मेदवारकाे समर्थनमा निर्माण गरिएको गित “आईतराम तामाङ उदाए याे देशमा” बाेलकाे गितमा उम्मेदवार सहित सम्पूर्ण उपस्थिति समर्थकहरु नाच्दै नारा लगाउदै कार्यक्रमकाे समापन भएको हाे ।





प्रतिक्रिया दिनुहोस