श्रीमान पंकज चाैधरी,सासू,ससुरा,नन्दकाे अभद्र व्यवहार
470 Views
काठमाडौं, ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको डा.पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप श्रीमती नेहा चौधरीले फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । आफूलाई श्रीमान डा.चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ ।
बिबाह भएको ८ महिना भएको र श्रीमानसँगै बस्दा आफूमाथि कुटपिट हुने गरेको नेहाको वेदना छ । उनले फेसबुकमा लेखेछिन् । “मेरो श्रीमान काठमाडौंमा बस्नु हुन्छ । ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसँग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुन्थ्यो । पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो । म सहन नसकेर महिला थानामा गएँ । मलाई गम्भीर हुने गरी पिट्नु भयाे र मेरो आमा लाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुरा बाले गर्नु भयो । म ३ दिन दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।”
अस्पतालमै पुगेर श्रीमानले घर छिर्न दिन्न भनेको पीडित नेहाले लेखेकी छिन् । दुई दिन थानामा राख्दा पनि सँगै राख्दिन भनेको उल्लेख गरेकी छिन् । “मैले मेरो जाएरी घरेलू हिंसाको मुदाको दर्ता गराए । तेही दिन ४ गते उनले डिभोर्स मुद्दा दिनु भयो । मलाई घर छिर्न दिनु भएन मलाई अंश दिनु पर्छ बिछोड हुँदा भनेर उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई उहाँको सम्पत्ति वा अंश चहेको हैन । म बिहे गरेको बसनको लागि हो । उहाँहरुले मलाई फेरी फेरी कुटपीट नगरोस् भनेर म महिला थानामा गए ।” उनले फेसबुकमा खुलस्त पारेकी छिन् ।
नेहाले फेसबुकमार्फत न्यायका लागि सहयोग समेत मागेकी छिन् । उनले न्यायको याचना गर्दै लेखेकी छिन्अ । अब मैले न्याय कसरी पाउने ? म घरबाट निस्किन नी मलाई गाह्रो भइरहेको छ । तेरो अनुहार बिगारिदिन्छु भनी धम्की दिनु भयो !





प्रतिक्रिया दिनुहोस