मकवानपुरमा युवाहरुकाे माग स्वतन्त्र उम्मेदवार ,स्थानीय भन्छन् दलिय नेताहरुकाे आश्वासनले वाक्कदिक्का
649 Views
मकवानपुर, मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार आईतराम तामाङकाे समर्थनमा बृहत् र्यालीका साथ काेन सभा कार्यक्रम लगतै घरदैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भयाे ।
बकैयाँ गाउँपालिका हात्तीसुडे हुँदै बागमति गाउँपालिका राई गाउँमा पुगेर काेनसभा गरि र्याली सम्पन्न भएको थियाे । उक्त कार्यक्रममा उपस्थित रहेका व्यक्तिहरुले पुराना नेताहरूबाट आश मरेकाे बताएका छन् । अबकाे दिनमा युवाले देश परिवर्तन गराउनुपर्ने कुरामा जाेड दिदैँ स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाे जनाएको छ ।






उक्त काेन सभामा बाेल्दै आईतराम तामाङले भने !”देशकाे अवस्था गाउँठाउँकाे स्थिति देख्दा दुःख लाग्छ । जुन पार्टीलाई भाेट दिएपनि गाउँ र देश परिवर्तन हुन सकेनन् । मैले पनि यत्तिका वर्ष सम्म सबै दलिय नेताहरुलाई भाेट दिए तर अहिले सम्म पनि कुनै दल र पार्टीले देश र समाजमा परिवर्तन ल्याउन सकेनन्” त्यसैले मैले अबकाे दिनमा देश र जन्ताकाे लागि केही गर्छु भनेर स्वतन्त्र उम्मेदवारी दिएकाे कुरा स्पष्ट पारे ।
घरदैलो कार्यक्रममा पुग्दा जनसमुदायको गुनासाे धेरै रहेकाे बताएका छन् । “वर्षाै देखि चुनावमा दलिय नेताहरूलाई भाेट दिएर जिताएर पठाए तर जितेर गएपछि न त नेता फर्किन्छ न त विकासको काम नै गर्छन् ।” अबकाे दिनमा कुनैपनि दलिय नेताहरुलाई भाेट दिदैँन भनेर बसेका ती जनसमुदायहरुले अबकाे दिनमा स्वतन्त्रलाई बाहेक अरुलाई भाेट नदिने प्रतिबद्धता जनाएको छ ।
जनसमुदायहरु भन्छन् , भाेट माग्न आउँदा घरघरमा आएर आश्वासन देखाउने तर हाम्राे समुदायमा एउटा खानेपानीको अभाव हुदाँ समस्या भएपछि समस्याको समाधान खाेज्न नेताकाे कार्यलय पुग्दा ठुलाे बस्तीमा मात्रै याेजना लान मिल्छ १/२ घरकाे लागि समस्याकाे समाधान गर्न नमिल्ने जनाए पछि जनसमुदायको व्यक्तिहरु आक्राेस भएकाे बताए ।
” भाेट माग्न आउँदा एक घर मात्रै रहेछ भनेर छाेड्दैनन् एक व्यक्ति एक भाेटमा घरदैलाेमा १० ओैँला जाेडेर पुग्छन् तर जितिसकेपछि विकास लानेत कुरै छैन उल्टै एक घरकाे समस्यालाई समाधान गर्न नमिल्ने बताउछन् जनप्रतिनिधि” ! यसरी आफ्नाे गुनासो पाेखाउँदै स्वतन्त्र उम्मेदवारलाई जिताए भने हाम्राे समस्याको समाधान हुनेछ त्यसैले हामी स्वतन्त्र उम्मेदवारलाई मात्रै भाेट दिएर जिताएर पठाउँछाै । उनिहरुले भने ।
बिगतकाे दिनमा धेरै पार्टीकाे दलिय नेताहरूलाई भाेट दिएर जिताए तर कुनै पार्टीको नेताले आँफुहरुकाे समस्याको समाधान नगरेपछि अबकाे मंसिर ४ गतेकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मात्रै भाेट दिने प्रतिबद्धता जनाए ।





प्रतिक्रिया दिनुहोस