स्वतन्त्र उम्मेदवारलाई भाेट दिनका लागि खुलेर आए स्थानीय बासिन्दा
538 Views
मकवानपुर, कार्तिक ६ खाेज मिडिया । हेटाैँडाकाे वडा नं १५ मा स्वतन्त्र उम्मेदवारकाे सम्पर्क कार्यलय उद्घाटन सहित खेलाडीहरुलाई बल सहयाेग गरियाे ।
कार्तिक ५ गते बिहानकाे समयमा स्वतन्त्र उम्मेदवारकाे स्थानीय बासिन्दाहरुसगँ चिनजान भेटघाट कार्य लगतै उक्त वडामा स्वतन्त्र उम्मेदवार सम्पर्क कार्यलय उद्घाटन गरिएको हाे । मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार आईताराम (आराम) तामाङ काे लागि वडा नं १५ का स्थानीयहरुले अबकाे दिनमा स्वतन्त्र उम्मेदवारकाे आवश्यक रहेकाे भन्दै स्थानीयहरु एकजुट रहेकाे बताएको छ ।




बिगतकाे दिनमा धेरै दलीय नेताहरुलाई जिताएर पठाए पनि जनताको लागि अहिले सम्म कुनैपनि विकासको कार्यहरु नभएको बताएको थियाे। “हेटाैँडाकाे वडा नं १५ मा विशेष गरि तामाङ समुदायका बासिन्दा रहेकाेले बिगतमा ब्राह्मण जातिहरुलाई हामीलेनै भाेट दिएर जिताएर पठाए तर आज त्यहीँ नेताले हामी तामाङलाई चिन्दैनन् ।” स्थानीय बासीहरुले भने । अबकाे दिनमा आफ्नै समुदायको व्यक्तिलाई सधनमा पुर्याउन सक्याे भने हाम्राे समुदायलाई पनि केही राहत हुन्छ भन्ने विश्वासका साथ उक्त वडाका स्थानीयहरु स्वतन्त्र उम्मेदवार आईतराम तामाङलाई भाेट दिने भन्दै खुलेर भनेका छन् ।
त्यस्तै गरि बागमती गाउँपालिकाकाे माझ गाउँका बासिन्दाहरुसगँ पनि भेटघाट चिनजान गर्न पुगेका थिए । साेहि गाउँपालिकाका स्थानीय बासिन्दाहरुकाे गुनासाे पनि अन्य ठाउँकाे फरक भने थिएन । धेरै दलिय नेताहरुलाई जिताएर पठाए तर अहिले कसैले फर्केर हेर्दैनन् । समस्याको समाधान कसैले पूरा गर्न आएनन् त्यसैले अबकाे दिनमा स्वतन्त्र उम्मेदवारलाई नै भाेट दिने भन्दै स्थानीयहरुले आँफ्नाे गुनासाे सुनाएका थिए । तत्कालीन समस्या भएका भर्खरका युवा भाईहरुकाे लागि फुटबल जर्सि, बल, सार्वजनिक स्थानमा डस्बिन र अतिआवश्यक ईन्टरनेट सेवा फ्रि वाईफाई(free Wifi) सहयाेग गर्ने भएको छ ।
त्यस्तै हात्ती ढुङ्गा गाउँमा पनि फुटबल खेलाडी भाईहरुकाे माग पनि उस्तै रहेकाे छ । तत्काल फुटबल जर्सिकाे माग गरेकाे छ । उक्त स्थानमा केही समयपछि फुटबल गेम रहेकाेले गर्दा खेलाडीहरुकाे लागि जर्सिकाे आवश्यक तत्काल रहेकाे बताए । यसरी खेलाडी युवाहरुकाे आवश्यकतालाई मनन् गर्दै स्वतन्त्र उम्मेदवारले भने! ” म पनि खेलाडी हुँ, मलाई खेलकुद धेरै मन पर्छ, यदि मैले जिते भने खेलकुदकाे लागि विशेष प्राथमिकता रहने छ ।” यसरी उनले खेलाडी युवा भाईहरुलाई प्राेत्साहन दिएकाे थियाे ।
हेटाैँडाकाे वडा नम्बर १५ का फुटबल खेलाडीहरुकाे लागि दुईवटा बल सहयाेग गरेकाे थियाे ।





प्रतिक्रिया दिनुहोस