फुटपाथबाट जबर्जस्ती ठेला हटाईएको शर्मिला तामाङलाई हर्क साम्पाङ्ले एक महिनाको तलब दिने
344 Views
कास्की, असाेज २८ खाेज मिडिया । धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने फेसबुक मार्फत घाेषणा गरेका छन्।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।
उनले फेसबुककाे स्टाटस लेखेका छन् ।“यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!” काठमाडौं जिल्लामा महानगरपालिकाले ठेला गाढा जवर्जस्ति हटाएपछि भावुक हुँदै गरेकाे भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएपछि धरानका मेयर हर्क साम्पाङले एक महिनाकाे तलब दिने घाेषणा गरेकाे हाे ।





प्रतिक्रिया दिनुहोस