“काे हुन् त बिष्णु गुरुङ एकता?” कास्की जिल्ला सभासदमा नाम प्रस्ताव
388 Views
कास्की, असाेज २८ खाेज मिडिया । कास्की जिल्ला गण्डकी प्रदेशमा रहेको पर्यटकिय गाउँ धम्पुसमा जन्मिएकि “विष्णु गुरुङ एकता” कास्की जिल्लाको जनजाति समुहबाट संघिय समानुपातिक कास्की जिल्ला सभासदमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालकाे तर्फबाट नाम प्रस्ताव भएकाे छ ।
“बिष्णु गुरुङ एकता” धम्पुस गाउँमा जन्मिएको भएतापनि उनको बाल्यकाल चितवानमा बिताएकी एकताले हाईस्कुल सम्मकाे पढाइ पनि चितवनमै पूरा गरेकी हुन् । उनले विवाह पश्चात धम्पुस गाउँमा शिक्षक पेशा दुई वर्ष विताएकि थिए । त्यसपछि आँफ्नाे करियर बनाउँनका लागि पाेखरा झरेकी बताए । पाेखरामा उनी विभिन्न व्यवसायीमा आबद्ध रहेर जीवन चलाईरहेकी थिए । उनि पाेखरामा पर्यटन व्यवसायीमा लागेकि थिए । व्यवसायी गर्ने क्रममा विभिन्न चुनाैतिहरुसगँ लडेर आँफ्नाे जीवन चालाईरहेकी एकताले आफ्नाे घरपरिवार, लालाबाल बच्चाहरूलाई छाेडेर बैदेशिक राेजगारकाे लागि जानुपर्ने बाध्यता आई परेपछि उनी बैदेशिक राेजगार लाग्न बाध्य भईन ।
एउटी महिला त्यसमाथि आमालाई घरपरिवार अनि बच्चा छाेडेर बिदेशिनुपर्ने ठुलाे चुनाैति र दुःखदायी विषय हाे । तर उनी एक निडर , साहासी महिला भएकोले गर्दा उनी बैदिशिक राेजगारकाे लागि अमेरिका पुगेकी थिए । उनले अमेरिकामा १४ वर्ष बिताए । १४ वर्ष अमेरिकामा बसि आँफ्नाे करियर बनाएर केही आर्थिक रकम संकलन गरिन् । उनी अमेरिकाकाे पहिलाे नेपाली महिला ट्याक्सी चालक(Taxi Cave) बनेर आँफ्नाे जिवनलाई छुट्टै पहिचान बनाउँन सफल महिला बनिन् । “उनि नेपालमै केही गर्नुपर्छ भन्ने साेच भएकी एवम महिला उद्दमी, आत्मनिर्भरता भएकी, निस्वार्थ भावना भएकी, निडर, साहासी, सक्षम नारी र विगत २ वर्ष देखि सामाजिक कार्यमा निरन्तर लागि परेरहेकी महिला हुन् !”
त्यसैगरी उनि नेपालीपन बाेकेकी र नेपालकाे समुदाय वा देशमा केही गर्नुपर्छ भनेर १४ वर्ष अमेरिकाकाे बसाइँ पछि नेपाल फर्किएका एकता यत्तिबेला देश परिवर्तनमा महिलाकाे याेगदान र महिला उद्दमी भई समाज र देश विकास गर्नुपर्छ भन्ने साेँच भएकी महिला चुप बस्न नसक्ने भन्दै उनी राजनितीमा लागेकाे कुरा प्रस्ट पारेकी छन् । उनी पाेखराकाे लेकसाईड स्थित रहेकाे “हाेटल दिदी” काे सञ्चालिका पनि हुन् । उनले जन्ताकाे पिडालाई बुझेर जन्ताकाे लागि केही गर्नुपर्छ भन्ने लागेर राष्ट्रिय स्वतन्त्र पार्टी नेपालकाे तर्फबाट कास्की जिल्लाकाे आदिवासी जनजाति समुहबाट संघिय समानुपातिक कास्की जिल्ला सभासदमा नाम प्रस्ताव भएकाे कुरा खुलाएकी छन् । यड
अब आउँदाे कार्तिक ९ गते अन्तिम निर्णय आउने कुरा उनले प्रस्टाएकी छन् । देशमा एउटा सक्षम र ईमानदारी नेताकाे आवश्यक रहेकाे बताएकि “बिष्णु गुरुङ एकता” यत्तिबेला मंसिर ४ गतेकाे चुनावकाे तयारीमा रहेकी खुलाएकी छन् । “देशमा सक्षम र राष्ट्रभक्ति नेता, दुर्दर्शी, करुना, निस्वार्थ भावना भएकाे नेता भएनन् भने जन्ताले धेरै दुःख पाउँछन् !” उनले भनिन् । त्यसैले आफ्नाे पार्टीकाे लिडर कस्ताे चुन्ने भन्ने कुरा सबैले बुझ्नु पर्ने विषय रहेकाे र एकछिनकाे बास्न र एकछिनकाे मिठाे बाेलिमा लठ्ठ भएर जुनसुकै पार्टीलाई भाेट दिनु हुन्न भन्ने कुरामा उनले खुलेर सुझाव दिएकी छन् ।





प्रतिक्रिया दिनुहोस