काेरियन शैलिका सिजाेहरु, त्याे साँझकाे याद(करण तामाङ)
367 Views
काठमाडौ । कवि करण तामाङ घ्लान “सायर”काे त्याे साँझकाे यादमा संकलित मध्येका पाँच काेरियन (साहित्य/शैलीका गीति कविताहरु) सिजाेहरु
एक)
चुहिने झरीहरु टाेलाउँदै मधुमास
छामेर अँधेरीमा तप्पतप्प प्रेमलाई
रसिला सम्झनाहरु सयनमा सरिक ।
दुई )
यादका पहिराले बढाएको प्यासहरु
जवान हृदयले सम्हालेर नराखेको
अाउनु सन्ध्यामा तिमी रमाउन रसमा।
तीन )
झरीमा रमाएकाे रंगहीन इन्द्रेणीमा
भिजेको बस्त्रभित्र लजाएकाे एकसाँझ
सम्झना रहनुपर्छ मुस्काएकाे जीवन ।
चार)
रंगीन सम्झौतामा बेचिएको ज्यानलाई
भराेसा बादलले छेकिदिन्छ दिनरात
बन्दक जिन्दगीलाई धराैटीझैँ मानेर ।
पाँच)
उडेको मनहरु सम्हालेर डाेर्याउन
सहारा खाेजिरहेँ हृदयले एकान्तमा
मधुर शंकल्पहरु सुनसान भएछ ।
२०७९-०६-२३
करण तामाङ सायर
काठमाडौ नेपाल





प्रतिक्रिया दिनुहोस