बेलायत देखि नेपाल सम्म समाजसेवी(कविता गुरुङ)भिडियो सहित
756 Views
कास्की, असोज २३ खोज मिडिया । कास्की जिल्लाको धम्पुसमा जन्मिएकी श्रीमती कविता गुरुङ हाल बेलायतमा रहेकी छिन् ।
धम्पुसमा जन्म भएता पनि हुर्किएकी र पढेकी भने चितवनमा भएको बताएकी छन् ।
बेलायतमा रहेर पनि विभिन्न संघसंस्थामा रहेर समाजसेवी गर्दै आएकी कविता गुरुङ अहिले भने बेलायतमै बसोबास गर्दै आएकि छन् । वर्षमा एक पटक जन्मभुमि नेपालमा आउने गरेकी कविता गुरुङ नेपालमा रहेका दुखि, पिडित, असहायहरुको सहारा बन्दै आर्थिक सहयोग गर्दै आईरहेकी छन् । बेलायतको “मोर्डन लन्डन बुद्धिस्ट कम्युनिटी”को निवर्तमान अध्यक्ष समेत रहेकी कविता गुरुङ यहीं दशैंको फूलपातीको दिनमा पुन बेलायत फर्केकी हुन् ।
उनि एक्कल महिला हुन् । १० वर्ष अगाडी आफ्नो श्रीमान गुमाए पछि ३ छोरी १ छोराको साथमा जीवन बिताई रहेकी गुरुङ् साच्चिकै निडर पनि रहेकी छिन् । लगभग १ महिनाको नेपाल बसाईमा उनले पोखराको आश्रमहरुमा पुगेर वृद्द बुबाआमाहरुलाई सहयोग गरेकी थिए । भाग्यले एक्ली बनाएकी कविता आफ्नो श्रीमानलाई सम्झिदैं भावुक बनिन् । बिगतमा श्रीमान साथमा हुँदा श्रीमानले हरेक कुरामा उनको साथ लिने कुरा स्मरण गर्दै भावुक बनिन् ।
नेपाली समाजमा अझै पनि छोरी मात्रै जन्म दिदा छोरा पाउनुपर्छ भन्दै आफन्तजनले छोराको जन्म दिनुपर्छ भन्ने कुराले उनलाई छोरा पाउनको लागि झनै धेरै समाजसेवामा होमिनु परेको कुरा प्रस्ट पारेका छन् । उनले खोज मिडियासंग अन्तर्वार्तामा भनेकी थिए ।”समाजका परम्परा अनुसार दान, दक्षिना, जत्ति धेरै दान पुन्य गर्यो छोरा प्राप्त हुन्छ भन्ने विस्वासका साथ दान गरेपछि छोरा जन्मिएको कुरा खोलेकी थिए ।” त्यसरी समाजसेवी यात्रा सुरु भएको बताईन् ।





प्रतिक्रिया दिनुहोस