एशियन फोरमको ८ औं अधिवेशन पोखरामा हुने
435 Views
पोखरा । वैदेशिक रोजगारको लागि विभिन्न समयमा विदेशमा गई सिप र धन आर्जन गरी नेपाल फर्किएका नेपालीहरुको साझा संस्था एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) ले आफ्नो १८ औं साधारण सभा तथा ८ औं अधिवेशन पोखरामा गर्ने भएको छ ।
संस्थाले स्थापना काल देखि नै मुख्य गरेर शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीमा समस्यामा परेकाहरुको उद्धारका काममा सक्रियता पुर्वक कार्य गर्दै आईरहेको छ । संस्थाले अन्तर्राष्टिय विमान स्थल काठमाण्डौमा आफ्ना कर्मचारीहरु व्यवस्थापन गरी वैदेशिक रोजगारीमा जान लागेका नेपाली युवाहरुलाई परामर्श तथा सल्लाह सुझाव दिदैं आएको थियो ।
नेपाल सरकार तथा दातृनिकायहरुको समन्वयमा नेपालका करिब १५ जिल्लाहरुमा विभिन्न परियोजनाहरु समेत सफलता पुर्वक सम्पन्न गरिसकको यस फोरमले गण्डकी प्रदेशका तनहुँको राना गाउँ घरबास कार्यक्रम र कास्कीको कालाबाङ घरेडी घरबास कार्यक्रमको दिगो विकासका कार्यक्रमहरु गरेको थियो ।
यस संस्थाको पहलमा कोरोना महामारीको समयमा कोरियाका विभिन्न सामाजिक संस्थाहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य संस्थाहरुमा वितरण गर्नुका साथै अति विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग समेत गरेको थियो ।





प्रतिक्रिया दिनुहोस