कवि करण तामाङ सायरकाे काेरियन शैलीका गीति कविता “सिजाे”
763 Views
एक)
मुसुक्क मुस्काउनु मधुरता मधुमास
जुनेली रातहरु लजाएकाे हेरिदिनु
चिम्लेका अाँखाहरुले प्रेमलाई छामेर ।
दुई )
यादले रसाएका एकजाेडी नयनमा
थपियो अाशाहरु अाउलान पर्देशीले
बाँचेको सपनाहरु सायासँगै सायर ।
तीन)
सितल छहारीमा लुकाएर चन्द्रमाले
काेमल हातहरु मुलायम मधुवन
हिडेकाे सन्ध्याहरुमा रत्तिभर साथमा ।
चार)
रंगीन सम्झौतामा बेचिएको ज्यानलाई
भराेसा बादलले छेकिदिन्छ दिनरात
बन्दक जिन्दगीलाई धराैटीझैँ मानेर ।
पाँच)
उडेको मनहरु सम्हालेर डाेर्याउन
सहारा खाेजिरहेँ हृदयले एकान्तमा
मधुर शंकल्पहरु सुनसान भएछ ।
करण तामाङ “सायर”
काठमाडौ





प्रतिक्रिया दिनुहोस