ललितपुर प्रदेश “ख” बाट प्रत्यक्ष तर्फा सिफारिस भएकि (निरु खड्का बस्ताकोटि) आखिर को हुन त?
733 Views
ललितपुर, २२ भदौ खाेज मिडिया । ललितपुर महानगरपालिका वडा नंः१८ का स्थायी बासिन्द निरु खड्का (बस्ताकोटि) यहि आउदो २०८९मंसिर ४गते हुने निर्वाचनको लागि ललितपुर क्षेत्र न३(ख)प्रदेश सभा प्रत्येक्ष तर्फ नेपाली काङ्ग्रेसको उम्मेदवारको रुपमा खड्काको नाम अग्रस्थानमा सिफारिस गरि पठाइएको छ।
उनको राजनीतिक यात्रा २०४६सालदेखी पद्मकन्या कलेज ने.बि संघमा आबद्ध हुँदै २०४६को जनाअन्दोलनमा सक्रिय भुमिका निभाउँदै राजनीति यात्रा सुरु गरेकी हुन् । तत्कालीन कार्यबिनायक नगरपालिकाको पहिलो नगरसभापतीको प्रत्यासि हुँदै नेपाली महिला संघको निवर्तमान केन्द्रीय सदस्य हुँदै गर्दा बागमती प्रदेशको सह-महामन्त्री मा उम्मेदवारी दिई झिनो मतले पराजय भएका थिए । 




खड्का पार्टीको महाधिवेशन प्रतिनिधिको रुपमा राजनीति जिम्मेवारी पूरा गर्दै राजनीतिमा अग्रसर भइरहेका छन् ।
पार्टीको नेतृत्व गर्दै सामाजिक यात्रामा एक साहसी र निडर निरु खड्का हाक्की स्वभाव,र सत्य बोल्ने महिला पनि भएको हुँदा धेरैले उनलाइ मन पराउँने गर्छन् । छोरी मान्छेहरुलाई अगाडि बढ्न निकै कठिनाई थियो तर धेरै महिला र युवा पुस्ताहरुलाइ अगाडि बढाउँनुमा खड्काको ठुलो योगदान रहेको एक पार्टीकै महिला सदस्यले बताए अहिले पनि निरुलाइ महिलाहरुको प्रेरणाको स्रोतको रुपमा लिन्छन , खडका रोटरि क्लप सैजु भैसिपाटिको निवर्तमान अध्यक्ष एवम् सहयोगि मन भएकी संस्थाको अध्यक्षको रुपमा सामाजिक काममा निकै अग्रसर रहदैँ आएका छन् ।
सामाजिक कार्यमा निकै क्रियासिल निरु खडेका (निरु)दिदिको नामले जताततै परिचित रहेकी छन । जब जब देश सङ्कटमा पर्छ, जनता दुखमा पर्छ, निरु अति नै अतालिदैँ जन्ता माज पुग्छिन् । जब देशमा भुकम्प गयो त्यति बेला पनि निरु घरमा एकदिन पनि बसिनन् विभिन्न जिल्लामा राहत सङ्गै सहयोग लिएर पुग्ने गर्थिन् । भुकम्पले क्षेतिग्रस्त सरकारी विद्यालयहरु पुननिर्माण,नवनिर्माण सामुदायिक भवन,गुठि निर्माण, मर्मत, अस्थाइ टहरा निर्माण ,विभिन्न विद्यालयहरुमा छात्रवृत्ति तथा शैक्षिक सामग्रीहरु वितरण समेत गर्दै आएकी बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई टहरा बनाउन विभिन्न ठाउँमा जस्तापाता,लत्ताकपडा,खाद्यन्न वितरण गर्दै आवश्यक ठाउँमा खानेपानी,तथा टङ्की व्यवस्थापन गर्दै काभ्रेको तिमाल ललितपुरका बुङ्मतिमा समेत पानीको व्यवस्थापन गरेकी थिए । देश फेरि एकपटक ठुलो महामारीमा गुज्रियो कोरोना भाइरस कोभिडले धेरैको ज्यान लियो देशमा लकडाउन भयो नेपाली जनताको हरिबिजोग भयो सबैलाइ ज्यानको माया थियो ,तर नेत्री समाजसेवि निरु खड्कालाई देश र जनताको हालतले निदाउन दएनन् ।
उनी आफ्नो ज्यानको प्रवाह नगरी बाहिर निस्कीएर विभिन्न जिल्लामा पुगि माक्स,सेनिटाइजर,ग्लाेब्स,अक्सिजन सिलिन्डर,खाद्यन्न खानेपानी जस्ता अतिआश्यक सामग्रीहरु वितरण गर्दै हिँडेकि थिए । लकडाउनकै क्रममा दुई महिना सम्म कोरोना फैलिन नदिन दिनरात खटिएका प्रहरीलाई पानी, माक्स,सेनिटाइजर,ग्लाेब्सकाे वितरणमा समेत सक्रिय भुमिका निभाईएका थिए । ललितपुर जिल्लामै सामाजिक कार्यले निरु निकै प्रख्यात रहेकी छन् । जनताले खोजेको नेतृत्व निरु खड्का जस्तै हुन भनेर धेरैले भन्ने सुनियो निरु आँफैमा सक्तिसाली महिला हुन मनको कमलो रहेका निरु अरुको दुख देख्नै सक्दैनन् । यसै क्रममा उपत्यकाको प्राचीन नेवारी भाषा,साँस्कृती सङ्ग सानै देखि परिचित रहेकि उनले परम्परागत कला साँस्कृति जगेर्ना गर्न धेरै सहयोग निरुले गर्दै आएका छन्।
राजनीति भनेकै निसुद्द समाजसेवा हो जनताको दु:खमा हरदम साथ रहनु नै सहि नेतृत्व हो भन्ने सोच राखेका निरु खड्का भन्छन् समाजका कोहि पनि नागरिक गाँस ,बास,कपास बाट बन्चित हुन नपरोस भन्ने सोचका साथ जनताको साथमा हरदम अग्रसर छन । बि.पि को समाजवादि सिद्धान्त अनुसार आँफू अगाडि बढेको बताईन्छ । “म आफू बन्न हैन समाजलाइ बनाउन राजनीतिमा आएकोहाे ” निरु बताउछन् । हसिली,सबै सङ्ग मिल्न सक्ने मिलानसार,सहयोगी भावनाका कारण निरु खड्का,जनमासमा चाडै घुलमिल हुन सक्ने खुबी भएकि नेताको रुपमा चिनिन्छन् ।
छिटै निर्णय गर्न सक्ने स्पष्ट वक्ता,निडर महिला निरु जनतालाई दुख पर्दा जनताकै घरदैलोमा पुगेर सान्त्वना सहित सहयोग गर्छिन् । आउँदो आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ सिफारिस भएका निरुलाइ धेरै नेता,कार्यकर्ता जनताले बधाई र सुभकामनाको ओईरो लागे सङ्गै टिकट निरुलाइ नै दिएको अवस्थामा जनताले विस्वास गरि जिताउने समेत स्थानीय जनताको भनाई रहेको छ।





प्रतिक्रिया दिनुहोस