राष्ट्रिय संगीतकर्मी संघ ककनी गा.पा कार्यसमितिकाे दाेस्राे अधिवेशन सम्पन्न , अध्यक्षमा राेजी लामा
529 Views
काठमाडौं, भदौ १९ । राष्ट्रिय संगीतकर्मी संघ ककनी गाउपालिका कार्यसमिति नुवाकोटको दाेस्राे अधिवेशन रानीपाैवा बजार ककनी नुवाकोटमा शनिबार सम्पन्न भएको छ । जिल्ला कार्यसमिति नुवाकोटले भाद्र महिना भित्र नुवाकोटका सबै स्थानीय तहमा संघकाे अधिवेशन सम्पन्न गर्ने लक्ष्य र पालिकाहरुलाई अधिवेशन गर्न निर्देशन सँगै ककनी गाउपालिका कार्यसमितिले शनिबार सम्पन्न गरेको हाे ।
उक्त अधिवेशनले अध्यक्षमा राेजी तामाङ ,उपाध्यक्ष सुर्य तामाङ घलान,सचिवमा सुबास तितुङ ,काेषाध्यक्षमा बिमल गुरुङ,सह काेषाध्यक्षमा जगत बागटी,प्रवक्तामा प्रभा ढुङगाना,सदस्यहरुमा राज कुमार तामाङ ,अनिशा तामाङ , सराेज लामिछाने, सफल तामाङ , साेउमिया तामाङ लगायतलाई निर्वाचित गराई १३ सदस्यीय कार्यसमिति तय गरिएको हाे ।कार्यसमितिकाे संरक्षण र सुझावकाे निमित्त बरिस्ठ सल्लाहकारहरुमा समीर लामा ,बुध्दराज लामा, विष्णु गुरुङ सल्लाहकारहरुमा, उत्तम भण्डारी ,सुबास पाख्रिन , श्याम कुमार लामा, सुब्बा तामाङ ,साेभा तामाङ लगायतलाई चयन गरिएको छ ।
ककनीका जनप्रतिनिधिहरुले कार्यक्रमलाई सम्बाेधन गर्दै संघलाई र कलाकारहरुलाई सक्दाे सहयोग गर्ने बताउनुभएको छ । अधिवेशनमा निर्णायक मण्डलका संयाेजन जिल्ला सचिव करण तामाङ र जिल्ला प्रथम उपाध्यक्ष अर्चना स्याङतानले सम्हाल्दै अधिवेशन सम्पन्न गरेको हाे । संघका जिल्ला सल्लाहकार लाेकप्रिय गायक समीर लामा , शैलाप वाईबा , जिल्ला अध्यक्ष दिनेश तामाङ , जिल्ला बरिस्ठ उपाध्यक्ष कुमार लामा लगायतका कलाकारहरुले शुभकामनाका साथ सांगीतिक प्रस्तुतिहरुका साथ कार्यक्रम मनमाेहक बनाउदै सम्पन्न गरेका थिए ।





प्रतिक्रिया दिनुहोस