अनमोल बचत तथा ऋण सहकारीको ११ औं साधारण सभा तथा पाँचौं अधिबेशन सम्पन्न
355 Views
पोखरा । पोखरा १७ छोरेपाटनमा अबस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं साधारण सभा तथा पाँचौ अधिबेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले तल्लो बर्गलाई उत्पादनमा जोड्न सके समृद्धि हासिल गर्न सकिने बताउनु भएको थियो ।
कार्यक्रममा कास्की बचत तथा ऋण संघ कास्कीका कार्यबाहक सचिव अधिबक्ता मिना रानाभाट, संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, सल्लाहकार प्रबिण पौडेल, सितल बचत ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी लम्साल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति झपिन्द्र राज रेग्मी, छोरेपाटन माबीका प्रधानाध्यापक डिल्लीराम शर्मा, शेयर टीकाराम पोख्रेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने महिला परिचालन उपसमिति संयोजक साबित्रा पौडेलले सहकारी सम्बन्धि कविता बाचन गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष बद्रीनाथ पहारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष माधब भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक छबिलाल पनेरुले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा ७० बर्ष पार गरेका जेष्ठ सदस्यहरु श्याम लाल बराल, शोभाखर ढकाल र बलबहादुर रानाभाट, बिद्यार्थीहरु सन्देश बराल, आइस्ता लामिछाने, कानुनी सल्लाहकार महेन्द्र प्रसाद तिमिल्सिना, उत्कृष्ट कारोबार कर्ता बिष्णु माया आले, उत्कृष्ट बचत कर्ताहरु रेशम रमण सुवेदी र यम कुमारी रानालाई सम्मान गरिएको थियोे ।
संस्थाका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खेमराज बराल (ध्रुव) ले र संचालन सचीव एकनारायण भण्डारी ले गरेका थिए भने धन्यवाद ज्ञापन निबर्तमान अध्यक्ष माधब पहारीले गर्नु भएको थियोे ।









प्रतिक्रिया दिनुहोस