काँग्रेस सुध्रिन नयाँलाई अवसर दिनुपर्नेः महासमिति सदस्य रानाभाट
535 Views
पोखरा । जनतासंग काँग्रेस अभियान अन्र्तगत नेपाली काँग्रेस अर्जुनचौपारी गाउँपालिका समितिले अर्जुन चौपारी वजारमा शनिबार कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य गोविन्दबहादुर रानाभाटले नेपाली काँग्रेसलाई सुधार्न र नयाँ पिडीलाई आकर्षण गर्नको लागि नयाँ नेतालाई अवसर दिनु पर्ने वताएका हुन ।
आगामि मंसीरमा हुने निर्वाचनमा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार समेत रहेका रानाभाटले नेपाली काँग्रेस अन्य पार्टी तथा नेताको कारण भन्दा पनि आफ्नै कारणले पछि परेको वताउँदै अब पार्टीले जनताको भावना अनुसार काम गर्न आवश्यक रहेको पनि वताएका थिए ।
सो अवसरमा अर्जुनचौपारी गाउपालिका अध्यक्ष प्रकाश तिवारी, नेका गण्डकी प्रदेश सदस्य रामचन्द्र पौडेल, उपसभापति विष्णु गुरुङ, सचिव केशव चापागाँइले जनतासंग काँग्रेस कार्यक्रमले कार्यकर्तालाई उर्ज प्रदान गर्ने भएकोले नियमित गर्नु पर्ने वताएका थिए ।
नेपाली काँग्रेस अर्जुनचौपारी गाउँपालिका समितिका अध्यक्ष विष्णु काफ्लेको अध्यक्षतामा भएको थियो । भाद्र १२ गतेबाट संचालित उक्त अभियान २४ गतेसम्म हुने वताइएको छ ।





प्रतिक्रिया दिनुहोस