काठमाडौँमा विद्यालय कर्मचारीको शक्ति प्रदर्शन, आन्दोलनरत कर्मचारीले एकै स्वरमा भने ‘हाम्रो माग पुरा गर’
765 Views
रोमन लामा (क्षितिज)
रामेछाप ०९ भाद्र खोज मिडिया। नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ०९ गते विहीबार राजधानी काठमाडौँमा बिरोध र्याली निकालेको छ। आज बिहान ९ बजे खुलामञ्चबाट निकालिएको र्याली माइतीघर मण्डलमा पुगेर कोणसभामा परिणत भएको थियो।
विद्यालयका कर्मचारी परिषदले भदौ १ गते देखि आन्दोलनका कार्यक्रम स्वरुप विरोध प्रदर्शन गर्दै आइरहेका छन्। सरकारले माग सम्बोधन नगरेपछि उनीहरूले भाद्र ५ गते देखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। परिषद् र राष्ट्रिय समितिको निर्णय अनुसार सरकारलाई दबाब दिनका लागि र्याली निकालिएको हो।






प्रतिक्रिया दिनुहोस